नेभिगेशन
समाज

भारतद्वारा नेपाललाई दुई सय २३ वटा सवारी हस्तान्तरण

काठमाडौँ । भारत सरकारले निर्वाचनका लागि नेपाल सरकारलाई आवश्यक सवारीसाधन हस्तान्तरण गरेको छ ।

बिहीबार गृहमन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई भारत सरकारले उपहारस्वरुप प्रदान गरेको सवारीसाधन हस्तान्तरण गरेका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतले पहिलो लटमा ६१ वटा, दोश्रो लटमा २५४ वटा सवारी हस्तान्तरण गरेको थियो भने बिहीबार तेश्रो लटमा २२३ वटा सवारी साधन प्राप्त भएको गृहमन्त्रालयमा प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

Ncell
Extreme Energy

त्यस्तै नेपाली सेनाका लागि ५० वटा गाडी समेत हस्तान्तरण भएको उनले बताए । भारत सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप उपलव्ध गराउने प्रहरीका सामाग्रीहरु पनि आउने क्रममा रहेको प्रवक्ता काफ्लेले जानकारी दिए ।

भारत सरकारबाट प्राप्त भएका गाडीहरु सुरक्षा निकायका साथै निर्वाचनसंग सम्बन्धी प्रयोजनका लागि प्रयोग हुने गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।