नेभिगेशन
समाज

राजावादीको सम्भावित प्रदर्शन लक्षित काठमाडौँमा प्रहरीको गस्ती

काठमाडौँ । राजावादीको सम्भावित प्रदर्शन लक्षित सुरक्षा सतर्कता अपनाएको छ । आज बिहानै देखि प्रहरीले काठमाडौँका मुख्य सडक र चोकमा शुक्रबार बिहानैदेखि गस्ती बढाएको हो । 

काठमाडौँ प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार नियमित प्रहरी कार्यमा खटिने टोलीसहित थप टोली पनि स्ट्याण्डबाइ राखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभिन्न सडक, चोक र गल्लीमा हुनसक्ने अराजकतापूर्ण गतिविधिप्रति सचेत हुँदै थप संख्यामा प्रहरी परिचालन गरिएको जनाएको छ ।

Ncell
Extreme Energy

राजावादी समूहले दिउँसो १२ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं विमानस्थलमा अवतरण भएपछि स्वागत गर्ने कार्यक्रम तय गरेको छ । 

त्यसैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलमा पनि सुरक्षा बढाइएको छ ।

बिहानैदेखि विमानस्थल प्रवेश गर्ने मानिसलाई चेकजाँच कडाइ गरिएको छ । यद्यपि चेकजाँच प्रहरीले गर्ने नियमित कार्य भएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी वसन्त रजौरेले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक आज तेस्रो दिन पनि बस्दैछ । बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बिहान ९ बजेबाट सुरु हुँदैछ ।
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् ।