नेभिगेशन
समाज

सिजी इलेक्ट्रोनिक्सका ४० भाग्यशाली विजेताहरू ‘नेपाल र वेस्ट इन्डिज’ को खेल हेर्न मुम्बई प्रस्थान

काठमाडौँ । नेपालको अग्रणी इलेक्ट्रोनिक्स कम्पनी सिजी इलेक्ट्रोनिक्सले आफ्नो विशेष ‘वर्ल्डकप मुम्बई ट्रिप योजना’ का विजेताहरूलाई फागुन १ गते, शुक्रबार भव्यताका साथ मुम्बई प्रस्थान गराएको छ। आगामी आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेल मुम्बईको वानखेडे स्टेडियमबाटै प्रत्यक्ष हेर्ने अवसर पाएका ४० जना भाग्यशाली विजेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निकै उत्साहित मुद्रामा मुम्बई उडेका हुन्।

कम्पनीले गत मंसिर २९ गतेदेखि माघ १२ गतेसम्म सञ्चालन गरेको यस विशेष वर्ल्डकप लक्षित योजनामा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो। उक्त समयावधिमा सिजी इलेक्ट्रोनिक्स अन्तर्गतका विश्वप्रख्यात ब्रान्डहरू एलजी, सिजी, सिजी SDA, टिसिएल, ब्ल्याक+डेकर, गोदरेज, सेन्साई, माइडिया, केन्ट र क्राम्प्टनका उत्पादनहरू खरिद गरी हजारौं ग्राहकहरूले एसएमएसमार्फत सहभागिता जनाएका थिए। तिनै हजारौं सहभागीहरूमध्येबाट डिजिटल गोलाप्रथा मार्फत निष्पक्ष रूपमा यी ४० जना भाग्यशाली विजेताहरू छनोट गरिएको कम्पनीले जानकारी दिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विजेताहरूले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन् । कम्पनीका अनुसार यस प्याकेजमा काठमाडौँ-मुम्बई-काठमाडौँ दुईतर्फी हवाई टिकट, मुम्बईस्थित तारे होटेलमा बसाइ तथा खानपिनको उत्कृष्ट व्यवस्था गरिएको छ। साथै, विजेताहरूले मुम्बईको प्रसिद्ध स्थानहरूको अवलोकन भ्रमण (सिटी टुर) गर्नुका साथै वानखेडे स्टेडियममा हुने नेपाल र वेस्ट इन्डिजबीचको रोमाञ्चक खेलको विशिष्ट टिकट समेत प्राप्त गरेका छन्।

Ncell
Extreme Energy

आफ्ना ग्राहकहरूलाई गरेको वाचा पूरा गर्न पाउँदा कम्पनीले खुसी व्यक्त गरेको छ। वानखेडे स्टेडियममा पुगेर नेपाली टोलीको हौसला बढाउन पाउँदा विजेताहरूमा बेग्लै उमंग र उत्साह छाएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका विजेताहरूले सिजी इलेक्ट्रोनिक्सको यस योजनाप्रति आभार व्यक्त गर्दै यो भ्रमण जीवनकै अविष्मरणीय क्षण हुन लागेको प्रतिक्रिया दिएका थिए। ४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा निरन्तर सेवा दिँदै आएको सिजी इलेक्ट्रोनिक्सले आफ्ना ग्राहकवर्गको माया र विश्वासलाई कदर गर्दै आगामी दिनमा पनि यस्तै रोमाञ्चक र भव्य योजनाहरू निरन्तर ल्याइरहने प्रतिबद्धता व्यक्त गरेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।