नेभिगेशन
समाज

सिजी इलेक्ट्रोनिक्सका ४० भाग्यशाली विजेताहरू ‘नेपाल र वेस्ट इन्डिज’ को खेल हेर्न मुम्बई प्रस्थान

काठमाडौँ । नेपालको अग्रणी इलेक्ट्रोनिक्स कम्पनी सिजी इलेक्ट्रोनिक्सले आफ्नो विशेष ‘वर्ल्डकप मुम्बई ट्रिप योजना’ का विजेताहरूलाई फागुन १ गते, शुक्रबार भव्यताका साथ मुम्बई प्रस्थान गराएको छ। आगामी आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेल मुम्बईको वानखेडे स्टेडियमबाटै प्रत्यक्ष हेर्ने अवसर पाएका ४० जना भाग्यशाली विजेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निकै उत्साहित मुद्रामा मुम्बई उडेका हुन्।

कम्पनीले गत मंसिर २९ गतेदेखि माघ १२ गतेसम्म सञ्चालन गरेको यस विशेष वर्ल्डकप लक्षित योजनामा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो। उक्त समयावधिमा सिजी इलेक्ट्रोनिक्स अन्तर्गतका विश्वप्रख्यात ब्रान्डहरू एलजी, सिजी, सिजी SDA, टिसिएल, ब्ल्याक+डेकर, गोदरेज, सेन्साई, माइडिया, केन्ट र क्राम्प्टनका उत्पादनहरू खरिद गरी हजारौं ग्राहकहरूले एसएमएसमार्फत सहभागिता जनाएका थिए। तिनै हजारौं सहभागीहरूमध्येबाट डिजिटल गोलाप्रथा मार्फत निष्पक्ष रूपमा यी ४० जना भाग्यशाली विजेताहरू छनोट गरिएको कम्पनीले जानकारी दिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विजेताहरूले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन् । कम्पनीका अनुसार यस प्याकेजमा काठमाडौँ-मुम्बई-काठमाडौँ दुईतर्फी हवाई टिकट, मुम्बईस्थित तारे होटेलमा बसाइ तथा खानपिनको उत्कृष्ट व्यवस्था गरिएको छ। साथै, विजेताहरूले मुम्बईको प्रसिद्ध स्थानहरूको अवलोकन भ्रमण (सिटी टुर) गर्नुका साथै वानखेडे स्टेडियममा हुने नेपाल र वेस्ट इन्डिजबीचको रोमाञ्चक खेलको विशिष्ट टिकट समेत प्राप्त गरेका छन्।

Ncell
Extreme Energy

आफ्ना ग्राहकहरूलाई गरेको वाचा पूरा गर्न पाउँदा कम्पनीले खुसी व्यक्त गरेको छ। वानखेडे स्टेडियममा पुगेर नेपाली टोलीको हौसला बढाउन पाउँदा विजेताहरूमा बेग्लै उमंग र उत्साह छाएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका विजेताहरूले सिजी इलेक्ट्रोनिक्सको यस योजनाप्रति आभार व्यक्त गर्दै यो भ्रमण जीवनकै अविष्मरणीय क्षण हुन लागेको प्रतिक्रिया दिएका थिए। ४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा निरन्तर सेवा दिँदै आएको सिजी इलेक्ट्रोनिक्सले आफ्ना ग्राहकवर्गको माया र विश्वासलाई कदर गर्दै आगामी दिनमा पनि यस्तै रोमाञ्चक र भव्य योजनाहरू निरन्तर ल्याइरहने प्रतिबद्धता व्यक्त गरेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमालेले बिरुद्धको देशद्रोही भाष्य र घेराबन्दी विरुद्ध डटेर सामान गर्छः केपी ओली

एमालेले बिरुद्धको देशद्रोही भाष्य र घेराबन्दी विरुद्ध डटेर सामान गर्छः केपी ओली

उनले सुकुम्बासीहरूलाई धनीपूर्जा वितरण गर्ने अवस्थामा पुगेको बेला अदालतले आयोग नै भङ्ग गरिदिएका कारण काम रोकिएको तर यस बिषयलाई जनता र सुकुम्बासी माझ स्पष्ट रूपमा लैजान नसक्नु कमजोरी...
मन्त्रालयकाे सङ्ख्या  घटाउँदा  २० अर्ब बचत

मन्त्रालयकाे सङ्ख्या  घटाउँदा  २० अर्ब बचत

मन्त्री पोखरेलले सार्वजनिक गरेकाे पहिलो बुँदामा सङ्घीय मन्त्रालयको सङ्ख्या कटौतीको विषय समावेश गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी बाचापत्र उल्लेख भएबमोजिम मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम...
सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ- मन्त्री गौतम

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ- मन्त्री गौतम

“नेपाली जनताले देखेको समृद्धिको सपना निकै फराकिलो छ । सोही सपनालाई छिटो र सरल ढङ्गले अघि बढाउन विधेयक प्रस्ताव पेस गरेका हौं,” मन्त्री गौतमले भनिन्, “पूर्वाधार निर्माणमा हुने...
बचतकर्ताको रकम फिर्ता गर्न ऋणीप्रति कठोर हुनैपर्छ-मन्त्री रावल

बचतकर्ताको रकम फिर्ता गर्न ऋणीप्रति कठोर हुनैपर्छ-मन्त्री रावल

राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सहकारी (पहिलो संशोधन) विधेयक,२०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावका सम्बन्धमा सांसद्ले उएका प्रश्नको जवाफ दिने क्रममा उनले भनिन् “सहकारीबाट ऋण लिएकाबाट असुलउपर...