नेभिगेशन
समाज

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की । पोखरामा शनिवार बिहान भएको सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक बिहान अन्दाजी २ः१० बजेको समयमा विएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको थियो ।

घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने कारका चालक २४ वर्षीय अदित गुरुङको मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार चालकले नियन्त्रण गुमाइ कार तालमा खसेर दुर्घटना भएको खबरपछि सशस्त्र प्रहरी उपरीक्षक सिंहको कमाण्डमा कालिका गणबाट खोताखोर सहितको २१ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो ।

Marvel
Extreme Energy

गोताखोर टोलीले अचेत अवस्थामा चालकलाई ताल बाहिर निकाली थप उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगेकामा अस्पतालले मृत घोषणा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ । प्रहरीले क्रेनको सहायताले सवारीसाधन घटनास्थलबाट बाहिर निकाली थप अनुसन्धानको लागि वडा प्रहरी कार्यालय बैदाम लगेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म

सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म

सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म
इनम सापकोटा प्रकरणमा सत्ताको दुरुपयोग र छाडातन्त्र हावी भयो : महामन्त्री संग्रौला

इनम सापकोटा प्रकरणमा सत्ताको दुरुपयोग र छाडातन्त्र हावी भयो : महामन्त्री संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले इनम सापकोटा प्रकरणमा सरकारमाथि गम्भीर आरोप लगाएकी छन् ।
बालेन सरकार बनेपछि भारतबाट हुँदै पहिलो उच्चस्तरीय कूटनीतिक भ्रमण, नेपालबाट अहिलेसम्म को को गए दिल्ली ?

बालेन सरकार बनेपछि भारतबाट हुँदै पहिलो उच्चस्तरीय कूटनीतिक भ्रमण, नेपालबाट अहिलेसम्म को को गए दिल्ली ?

भारतका विदेश सचिव विक्रम मिश्री आज काठमाडौँ आउँदैछन् ।
गगनले राति गुण्डु पुगेर किन भेटे ओलीलाई ?

गगनले राति गुण्डु पुगेर किन भेटे ओलीलाई ?

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् ।