नेभिगेशन
समाज

लोकप्रियवादका भ्रमबाट सचेत रहन एमालेको आह्वान

काठमाडौँ । नेकपा एमालेले लोकप्रियवादका भ्रमबाट सचेत रहन आह्वान गरेको छ । 

शनिबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्न सक्ने यथार्थलाई बुझ्दै लोकप्रियवादका भ्रमबाट सचेत रहन आह्वान गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने र यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने जोखिम रहने एमालेको बुझाइ छ । त्यस्तै एमालेले स्थायीत्व, विकास र समृद्धिको दीर्घकालीन मार्ग चयन गर्नु नै राष्ट्र र जनताको हितमा हुने जनाएको छ ।

Ncell
Extreme Energy

एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको सुदृढीकरणमार्फत समृद्धि हासिल गर्ने दीर्घकालीन सोचसहित अघि बढ्ने सङ्कल्प लिएको भन्दै राष्ट्र निर्माणको अभियान सफल बनाउन आह्वान समेत गरेको छ ।

पत्रकार सम्मेलनमा एमाले आम निर्वाचन प्रेस संयोजक मीन बहादुर शाहीले बिचार, नीति र सिद्धान्तका आधारमा राजनीतिक दलहरु चल्नुपर्ने भन्दै लोकप्रियवादका आधारमा मुलुकको बिकासको मार्गचित्र तयार हुन नसक्ने बताए । सुशासन, भ्रष्टाचार अन्त्य लगाएतका बिषयमा जेनजी पुस्ताले उठाएका मुद्दाहरुप्रति एमाले सदैव सकारात्मक रहेको भन्दै उनले आन्दोलनका नाममा हुने हिंसा, बिध्वंश स्वीकार्य नहुने स्पष्ट पारे । 

शाहीले एमाले नेतृत्वको सरकारले मुलुकलाई समृद्धि र बिकासको बाटोमा अघि बढाएपनि अझै पूर्ण हुन बाँकी रहेको धारणा राखे । आगामी निर्वाचनको सन्दर्भमा देशको स्थायित्व, विकास र समृद्धिको अभियानलाई अझ सशक्त बनाउन समेत एमालेले आह्वान गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता मात्र पर्याप्त नभएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई त्यसको प्रभावकारी कार्यान्वयनमा जान आग्रह गरेका छन्।
ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईको एक एआई एजेन्टले गत जुन महिनामा अष्ट्रेलियाको सरकारी स्वास्थ्य डेटा पोर्टलमा अनधिकृत पहुँच (ह्याक) पुर्‍याएको अष्ट्रेलिया सरकारले बिहीबार जानकारी दिएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...
दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा

व्यापारी तथा विचौलिया दिपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा पेसीमा चढेको छ ।

भर्खरै