नेभिगेशन
समाज

जेनजी यूवासँग कुन्तीदेवी पोख्रेलको अन्तरक्रियाः  ‘यूवालाई उद्यमशील र स्वरोजगार बनाउँने नीतिमा जोड दिन्छु’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नंबर २ की उम्मेदवार कुन्तीदेवी पोख्रेलले यूवालाई उद्यमशील र स्वरोजगार बनाउने नीतिमा आफूले जोड दिने बताएकी छिन् । 

शनिवार काठमाडौँको तिनकुनेमा जेनजी यूवा समूह यूनाइटेड यूथ–३२ ले गरेको काठमाडौं क्षेत्र नंबर २ का उम्मेदवारसँगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले यूवाशक्तिलाई स्वदेशमै राख्नका लागि उद्यम र स्वरोजगारका कामलाई जोड दिने उल्लेख गरिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाम्रो भविष्य, हाम्रो सवाल’ शीर्षकमा उम्मेदवारहरुसँग भएको अन्र्तक्रियामा उम्मेदवार पोख्रेलले शिक्षा स्वास्थ्य क्षेत्रमा हुने राजनीति हस्तक्षेप अन्त्य गर्नुपर्नेमा जोड दिइन् । उनले देशका हरेक क्षेत्रलाई राजनीतिकरण नगरी व्यवसायीकरण गर्नुपर्नेमा जोड दिएकी हुन् ।

Ncell
Extreme Energy

जेनजी यूवाले न्याय क्षेत्रमा भएको राजनीतिक हस्तक्षेपबारेको प्रश्नमा उनले   न्यायपालिकामा राजनीतिक नियुक्ति रोकेमात्रै न्यायपालिकाले स्वच्छ रुपमा न्याय दिन सक्ने उल्लेख गरिन् । 

उम्मेदवार पोख्रेलले देशमा अझै व्यवसाय गर्ने वातावरण बन्न नसकेको उल्लेख गर्दै आफू स्वयं व्यवसायी भएको बताइन् । व्यापार व्यवसायीहरु अझै पनि आफ्नो उत्पादनले बजार नपाउँदा रोएर बस्नुपर्ने अवस्था रहेको बताउँदै स्वदेशी उत्पादनलाई बजार व्यवस्थापनको नीति आफ्नो प्राथमिकतामा पर्ने उनको भनाई थियो । 

उनले उदाहरण दिँदै भनिन्–‘यहीँ कागेश्वरी मनोहरा नगरपालिकाले नेपाली स्यानेटरी प्याड बनाउँनेसँग खरिद गरेन । चाइनाबाट किनेर ल्याएर निःशूल्क बाँढ्ने काम गर्‍यो । त्यही नगरपालिकामा उत्पादन भएको स्यानिटरी प्याड बाँढियोस, उत्पादक महिलाको आँशु पुछियोस । देशमा कुनै सामान उत्पादन हुन्छ भने बिदेशबाट खरिद नगरी स्वदेशी उत्पादन नै प्रयोग गर्ने अवस्था बनाउँन जोड दिनुपर्छ ।’ 

यस्तै उनले देश धर्म सापेक्ष सनातन हिन्दू राष्ट्र हुनुपर्नेमा जोड दिइन् । आफू निर्वाचित भएमा यूवालाई उद्यमतिर आकर्षण गर्ने, स्वरोजगारमुखी कार्यक्रम अघि बढाउन लागिपर्नेमा उम्मेदवार पोख्रेलले प्रतिबद्धता व्यक्त गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता मात्र पर्याप्त नभएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई त्यसको प्रभावकारी कार्यान्वयनमा जान आग्रह गरेका छन्।
ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईको एक एआई एजेन्टले गत जुन महिनामा अष्ट्रेलियाको सरकारी स्वास्थ्य डेटा पोर्टलमा अनधिकृत पहुँच (ह्याक) पुर्‍याएको अष्ट्रेलिया सरकारले बिहीबार जानकारी दिएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...
दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा

व्यापारी तथा विचौलिया दिपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा पेसीमा चढेको छ ।

भर्खरै