नेभिगेशन
समाज

प्रतिकूल मौसमले गोसाइँकुण्ड तीर्थयात्रा प्रभावित

रसुवा । रसुवाको उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण महाशिवरात्रि पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने धार्मिक यात्रु प्रभावित भएका छन् । 
 
लौरिविनायकदेखि कुण्ड क्षेत्रसम्म बाक्लो कुहिरो लागेपछि हवाईसेवा अवरुद्ध हुँदा हवाई आवागमनमा समस्या आएको हो ।
 
स्थानीय व्यवसायीका अनुसार अचानक मौसम विग्रिएपछि  कुण्ड जाँदै गरेका तीनवटा हेलिकप्टर चन्दनबारीको आकाशबाटै फर्किएका छन् । प्रभु एयर र अल्टिच्युट एयरका उडान अवरुद्ध भई यात्रुहरू सुरक्षित रूपमा काठमाडौँ फर्काइएको जनाइएको छ ।
    
हेलिकप्टर कम्पनीको विवरण अनुसार प्रतिकूल मौसमका कारण ५० भन्दा बढी तीर्थयात्रु प्रभावित भएका छन् । तीर्थयात्रु बोकेर उडान भर्ने कम्पनीमा सिम्रिक एयर, फिस्टेल एयर, अन्नपूर्ण एयर र मुस्ताङ एयरसमेत रहेका थिए । तीमध्ये केही कम्पनीका हेलिकप्टर तेस्रो उडानपछि बिहान ११ बजेपछि मात्र रोकिएका थिए, भने कोही कम्पनीका हेलिले बिहानैको समयमा भने उडान सामान्य रूपमा सञ्चालन गरेका थिए ।
 
गोसाइँकुण्डको जल निकास नजिक सिम्रिक एयरले निर्माण गरेको शिव मन्दिरमा कम्पनीकै तर्फबाट शास्त्रीय विधिपूर्वक पूजा–आराधना सम्पन्न गरिएको थियो ।    

कम्पनीका कार्यकारी निर्देशक विष्णु बस्नेतको अगुवाइमा पुरोहित ऋषिकेश भट्टराईसहितको टोलीले कुण्ड र मन्दिर परिसरमा विशेष पूजा गरेको उडान व्यवस्थापक रवि पोखरेलले जानकारी दिए । 
 
धार्मिक विश्वास अनुसार पवित्र कुण्डमा स्नान गरी भगवान शिवको पूजा गर्दा रोगव्याध हट्ने, सुख–शान्ति प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक आज तेस्रो दिन पनि बस्दैछ । बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बिहान ९ बजेबाट सुरु हुँदैछ ।
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् ।