नेभिगेशन
समाज

उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक, सांसदहरुको संख्या घटाउने

काठमाडौँ । उज्यालो नेपाल पार्टीले संघीय संसद र प्रदेशसभाका सांसदहरुको संख्या घटाउनेसहितको चूनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौँमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ लगाएतका नेताहरुले चूनाव केन्द्रीत घोषणापत्र सार्वजनिक गरेका हुन् । उज्यालो नेपाल पार्टीको घोषणा पत्रमा नागरिकले समयमै सार्वजनिक सेवा पाउने, भ्रष्टाचारविरूद्ध उजुरी दिने र जवाफदेहिता खोज्ने हक संविधानमा मौलिक हकको रुपमा स्थापित गरिने उल्लेख छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै प्रतिनिधिसभा सदस्य संख्या २७५ बाट २०१ कायम तथा प्रदेशसभाको सदस्य संख्या पनि कटौती गरी ५५० बाट ३३० कायम गर्नका लागी प्रस्ताव गरिने, संघमा १५ मन्त्रालय र प्रदेशमा ५ देखि ७ मन्त्रालयमा सीमित गरी मन्त्रिमण्डलमा राज्यमन्त्री र सहायकमन्त्री नराख्ने व्यवस्थाका लागि पहल गरिने, प्रदेश सरकारको स्थायित्वका लागि प्रदेशका मूख्यमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था गर्नका लागि संविधान संशोधन गरिने उल्लेख छ ।

Ncell
Extreme Energy

त्यसैगरि मतदातालाई लोकतान्त्रिक अभ्यासप्रति आकर्षण गर्न  अन्य जिल्लामा रहेका मतदाताहरूले नजिकको मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था गरिने र मतदाताले विरोध मत दर्ता गर्न मतदान पत्रमा ‘कुनै पनि होइन’ भन्ने विकल्प रोज्ने व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै घोषणापत्रमा भ्रष्टाचारीलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध लगाउनुका साथै निजको सम्पत्ति राष्ट्रियकरण गरिने उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलेले जानकारी दिए । 

अन्य दलजस्तै उज्यालो नेपालले पनि निशुल्क स्वास्थ्य, शिक्षा, सहज रुपमा रोजगारीको व्यवस्थालाई घोषणापत्रमा उल्लेख गरेको छ भने आगामी ५ वर्षभित्र ८ हजार कि.मि. कालोपत्रे, ४ हजार कि.मि. ग्राभेल र ३ हजार कि.मि. नयाँ ट्रयाक खोल्ने काम गरिने जनाएको छ ।

ऊर्जा क्षेत्रमा २०३० सम्म जलविद्युत उत्पादन १२ हजार मेगावाट र २०३५ सम्म २५ हजार मेगावाट पुर्याई भारत, बंगलादेश र चीनतर्फ निर्यात वृद्धि गर्ने, साथै जलविद्युत, जडीबुटी, सिमेन्ट, पर्यटन र आईटीलाई प्राथमिकता प्राप्त क्षेत्रको रुपमा प्रवद्र्धन गर्ने प्रतिबद्धता समेत गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता मात्र पर्याप्त नभएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई त्यसको प्रभावकारी कार्यान्वयनमा जान आग्रह गरेका छन्।
ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईको एक एआई एजेन्टले गत जुन महिनामा अष्ट्रेलियाको सरकारी स्वास्थ्य डेटा पोर्टलमा अनधिकृत पहुँच (ह्याक) पुर्‍याएको अष्ट्रेलिया सरकारले बिहीबार जानकारी दिएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...
दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा

व्यापारी तथा विचौलिया दिपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा पेसीमा चढेको छ ।

भर्खरै