नेभिगेशन
समाज

अहिलेकै अवस्थामा कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्छः विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको परिवर्तित अवस्थामा कांग्रेस अहिले जनताको विश्वास जित्नेगरी अघि बढेको बताएका छन् । 

आइतबार पार्टी कार्यालय सानेपामा जसपाका नेताहरुलाई कांग्रेस प्रवेश गराउँदै शर्माले आगामी निर्वाचनमा बहुमत नजिक पुग्ने गरि परिवर्तित अवस्थामा जनताको विश्वास जित्नेगरी अघि बढेको बताएका हुन् । उनले नागरिकले चाहेको जस्तो बदलिएको कांग्रेसप्रति जनविश्वास बढ्दै गएको समेत दावी गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिलेकै अवस्थामा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने भन्दै उनले यही गतिमा जनमत बढ्दै जाँदा आगामी एक हप्ताभित्र कांग्रेसले बहुमत ल्याउने तहमा पुग्ने दावी गरे । जेन–जी मुभमेन्टपछि सवैभन्दा परिवर्तन भएको पार्टी कांग्रेस मात्रै भएको उनको भनाइ छ ।

Ncell
Extreme Energy

शर्माले हल्लाका भरमा नभई जरा बलियो बनाउन सबै नेताकार्यकर्ताहरू एक ढिक्का भएर लागेको र पार्टी नेता कार्यकर्तासँगै आम जनताको विश्वास कांग्रेसप्रति बढ्दै गएको बताए । 

कार्यक्रममा जसपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार नानु थामी, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेद्वार सुस्मिता थापामगरसहित नेताहरू कांग्रेसमा प्रवेश गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता मात्र पर्याप्त नभएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई त्यसको प्रभावकारी कार्यान्वयनमा जान आग्रह गरेका छन्।
ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईको एक एआई एजेन्टले गत जुन महिनामा अष्ट्रेलियाको सरकारी स्वास्थ्य डेटा पोर्टलमा अनधिकृत पहुँच (ह्याक) पुर्‍याएको अष्ट्रेलिया सरकारले बिहीबार जानकारी दिएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...
दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा

व्यापारी तथा विचौलिया दिपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा पेसीमा चढेको छ ।

भर्खरै