नेभिगेशन
समाज

नेपालद्वारा म्यान्मारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहायता प्रदान

काठमाडौँ । नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ ।

म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्मारको मण्डले सहरको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित महामुनी पगोडा परिसरमा हालै आयोजित समारोहमा पगोडाका महासचिव थान उलाई तीन लाख अमेरिकी डलरको चेक हस्तान्तरण गरेको याङ्गुनस्थित नेपालको राजदूतावासले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै उनले गङ्गाघाट हिन्दू मन्दिरको पुनर्निर्माणका लागि ५० हजार अमेरिकी डलरको चेक उक्त मन्दिरका अध्यक्ष पवन बजोरियालाई हस्तान्तरण गरेका थिए । गङ्गाघाट मन्दिर म्यान्मारमा बसोबास गर्ने नेपाली समुदायको महत्वपूर्ण धार्मिकस्थल हो ।

Ncell
Extreme Energy

साझा धार्मिक सम्पदाको संरक्षण तथा प्राकृतिक विपत्तिबाट प्रभावित सांस्कृतिक महत्वका स्थलहरूको पुनःस्थापनामा सहयोग गर्ने नेपाल सरकारको प्रतिबद्धता झल्काउने उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको  रु चार हजार ६५० कायम भएको छ ।
जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता मात्र पर्याप्त नभएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई त्यसको प्रभावकारी कार्यान्वयनमा जान आग्रह गरेका छन्।
ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईको एक एआई एजेन्टले गत जुन महिनामा अष्ट्रेलियाको सरकारी स्वास्थ्य डेटा पोर्टलमा अनधिकृत पहुँच (ह्याक) पुर्‍याएको अष्ट्रेलिया सरकारले बिहीबार जानकारी दिएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...

भर्खरै