नेभिगेशन
समाज

नेप्से परिसूचकमा आठ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट भएको छ । सोमबार नेप्से परिसूचक आठ दशमलव १६ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ९१ को बिन्दुमा कायम भएको छ ।

सोमबार ३३५ कम्पनीको एक करोड ९६ लाख १६ हजार ३९५ कित्ता शेयर ८० हजार ५५९ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ९४ करोड २७ लाख ६० हजार २२० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबारको कारोबारमा वित्त समूह शून्य दशमलव ५६, होटल तथा पर्यटन शून्य दशमलव ४३ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

Ncell
Extreme Energy

बैंक समूह शून्य दशमलव ०५, विकास बैंक शून्य दशमलव ४६, जलविद्युत् एक दशमलव ०२, लगानी शून्य दशमलव ६०, जीवन बीमा शून्य दशमलव ४५, लघुवित्त शून्य दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव २१, निर्जीवन बीमा शून्य दशमलव ४६, व्यापार शून्य दशमलव ६८ र अन्य समूह शून्य दशमलव ०७ प्रतिशतले घटेको छ ।

सोमबार बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ३८ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोमबार सबैभन्दा धेरै रिडि पावर कम्पनी लिमिटेडको रु ६५ करोड तीन लाख २२ हजार १६३ बराबरका रु २० लाख १४ हजार १२६ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

नेकपा एमाले पुनर्गठन कार्यदलका सदस्य तीन विषयमा साझा धारणामा पुगेका छन्। एक नेताले दिएको जानकारी अनुसार आइतबार बिहानबाट सुरू भएको कार्यदल बैठकमा बहुमत सदस्य १३ वटा समूहबाट आएका...
प्रहरी भन्छ– १,४३६ शव भेटियो, ४,६५५ को खोजी जारी

प्रहरी भन्छ– १,४३६ शव भेटियो, ४,६५५ को खोजी जारी

पत्ता भएका चार हजार ६५५ जनाको खोजी भइरहेको छ ।
सभापतिमा गगनको विकल्प छैनः भट्टराई

सभापतिमा गगनको विकल्प छैनः भट्टराई

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीको सभापतिमा गगन थापा निर्विकल्प भएको बताएका छन् ।
एमाले सचिवालय बैठक दिउँसो ३ बजेलाई सारियो

एमाले सचिवालय बैठक दिउँसो ३ बजेलाई सारियो

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकको समय सारिएको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार बैठक आजै दिउँसो ३ बजे बस्ने बस्नेछ।