नेभिगेशन
समाज

निर्वाचन सुरक्षा व्यवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग मानव अधिकार आयोगको छलफल

काठमाडौँ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाको तयारी तथा निर्वाचनमा मानव अधिकारको संरक्षण सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारका चार वटै सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू सँग आज छलफल गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छलफलको क्रममा आयोगका माननीय अध्यक्ष तपबहादुर मगरले निर्वाचनमा मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा निर्वाचनमा खटिने सम्पूर्ण कर्मचारीको सुरक्षा व्यवस्था र मानव अधिकार संरक्षणको लागि भएका कार्यहरू सम्बन्धमा जानकारी गराउन अनुरोध गरेका थिए ।

Ncell
Extreme Energy

कार्यक्रममा सुरक्षा निकायलाई आवश्यक पर्ने सहायता सामग्रीको कमीका बाबजुद निर्वाचन सम्पन्न गराउनका लागि सुरक्षा निकायबाट उच्च मनोबलका साथ तयारी भइरहेको सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरुले बताएका थिए ।

कार्यक्रममा आयोगका तर्फबाट सदस्यहरु, सचिव, नेपाली सेनाका रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख समेतको उपस्थिति जनाएका थिए ।

त्यस्तै आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न सुरक्षानिकायलाई आवश्यक सञ्चार, सुरक्षा र यातायात लगायत निर्वाचन सुरक्षा सम्बन्धी सामग्रीहरुको यथोचित व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह समेत गरेको छ ।


     

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
चीनले नेपाललाई एआईयुक्त मौसम पूर्वसूचना प्रणाली हस्तान्तरण गर्‍यो

चीनले नेपाललाई एआईयुक्त मौसम पूर्वसूचना प्रणाली हस्तान्तरण गर्‍यो

चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता सुधार्न सहयोग पुर्‍याउने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’को नेपालका लागि तयार पारिएको संस्करण हस्तान्तरण गरेको छ...
राष्ट्रसंघका महासचिवको चेतावनी: नेपालका हिमनदी पग्लने गति बढ्दैछ,  प्रभावहरू फैलिरहेको छ

राष्ट्रसंघका महासचिवको चेतावनी: नेपालका हिमनदी पग्लने गति बढ्दैछ, प्रभावहरू फैलिरहेको छ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले विश्वको भविष्य संकटमा परेको बताएका छन् ।
एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक आज तेस्रो दिन पनि बस्दैछ । बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बिहान ९ बजेबाट सुरु हुँदैछ ।