नेभिगेशन
समाज

महानगरले बनाएको साइकल लेनमा त्रुटि छ: साइक्लिस्ट

काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म साइकल लेन र फुटपाथ विस्तारको काम लगभग सम्पन्न गरेको छ ।

यसअघि सडकमै हरियो रेखा कोरेर छुट्याइएको साइकल लेन जोखिमपूर्ण र अव्यवहारिक भएको भनेर विरोध भएपछि चौडा फुटपाथसँगै साइकल लेन बनाइएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर साइक्लिस्टहरुले भने लेन प्रयोगमा जटिलता रहेको बताएका छन् । नेपाल साइक्लिङ संघका सचिव देवेन्द्र बस्न्यातले साइक्लिस्टहरुको दबाबपछि बल्ल लेन बनाउन लागिएको बताए । निर्माण भएपनि प्रयोगमा आउन नसकेको उनको भनाइ छ ।

Ncell
Extreme Energy

उनले भने- साइक्लिङमा लागि यो लेन सजिलो छैन । साइकल लेनको इन्ट्री प्वाइन्टमै समस्या देखियो । कतिपय ठाउँमा कनेक्सन पनि छैन । कतिपय ठाउँमा दुर्घटनाको जोखिम छ । धेरै ठाउँ साँघुरो छ । धेरै कुरा सुधार गर्नु पर्नेछ ।

अर्का साइक्लिस्ट लक्ष्मण बानियाले विकसित देशमा आफूले साइकल कुदाउँ कुदाउँ लाग्ने आकर्षक साइकल लेन देखेको अनुभव सुनाउँदै पैदल यात्रु हिड्ने र साइकल चलाउने लेन प्रष्ट रुपमा छुट्याउनु पर्ने बताए ।

उनले भने- यहाँ साइकल लेन भनिए पनि खास लेन छैन । साइकल चलाउने हो कि मान्छे हिँड्ने हो फरक नै छैन । डिजाइनरले आफूलाई साइक्लिस्ट सोचेर डिजाइन गर्नुपर्थ्यो तर त्यस्तो भएको छैन । आफूलाई थाहा नभए जान्ने मान्छेसँग परामर्श लिनुपर्थ्यो ।

तीनकुने-माइतीघर सडक खण्डको साइकल लेनलाई लगभग १३ वर्षदेखि हेरिरहेका स्टोरी साइकलका सौरभ ढकाल भन्छन्- पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ । खाली इँटा मात्रै परिवर्तन गरिएको छ । ग्रेडिङ, क्वालिटी र सहजतामा पटक्कै काम भएको देखिँदैन । यो ठाउँमा नयाँ फुटपाथ बनाउने काम सुरु भएपछि हामीले महानगरलाई निवेदन पनि दिएका थियौं ।

साइकल लेनको पुन डिजाइन गर्नुपर्छ भनेका थियौ । प्रयोगकर्ता मैत्री बनाउनुपर्छ भनेका थियौं । साइकल चढ्ने मान्छे बढाउनुपर्नेमा यो लेनले त अझ घट्ने देखिएको छ ।

साढे तीन किलोमिटर पार गर्न झण्डै २० पल्ट ओर्लेर फेरि चढ्नुपर्छ ।  सरोकारवालासँग छलफल गरेर अझै पनि सुधार गर्ने मौका छ ।  

CYCLE-LANE_STORY_NEPAL-PHOTO-LIBRARY11-1771564659.jpg

CYCLE-LANE_STORY_NEPAL-PHOTO-LIBRARY17-1771564765.jpg

CYCLE-LANE_STORY_NEPAL-PHOTO-LIBRARY16-1771564763.jpg

CYCLE-LANE_STORY_NEPAL-PHOTO-LIBRARY14-1771564763.jpg

CYCLE-LANE_STORY_NEPAL-PHOTO-LIBRARY11-1771564761.jpg

CYCLE-LANE_STORY_NEPAL-PHOTO-LIBRARY13-1771564761.jpg

CYCLE-LANE_STORY_NEPAL-PHOTO-LIBRARY9-1771564758.jpg

CYCLE-LANE_STORY_NEPAL-PHOTO-LIBRARY10-1771564759.jpg

CYCLE-LANE_STORY_NEPAL-PHOTO-LIBRARY8-1771564756.jpg

CYCLE-LANE_STORY_NEPAL-PHOTO-LIBRARY9-(1)-1771564756.jpgतस्बिरहरू :  नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बन्द सत्र मंगलबारसम्मका लागि सरेपछि कार्यक्रम स्थलबाट फर्किए प्रतिनिधि (तस्बिरहरु)

बन्द सत्र मंगलबारसम्मका लागि सरेपछि कार्यक्रम स्थलबाट फर्किए प्रतिनिधि (तस्बिरहरु)

बिहान देखि बन्द सत्रका लागि कार्यक्रम स्थलमा पुगेका प्रतिनिधि तथा प्रदाधिकरीहरु साँझ अबेर सम्म बन्द सत्र सुरु नभएपछि कार्यक्रम स्थलबाट फर्किएका छन्।
बन्दसत्र सुरु नभएपछि प्रदर्शनी हलभित्र एसीको चिसोमा आराम गर्दै रास्वपा प्रतिनिधिहरु (तस्बिरहरु)

बन्दसत्र सुरु नभएपछि प्रदर्शनी हलभित्र एसीको चिसोमा आराम गर्दै रास्वपा प्रतिनिधिहरु (तस्बिरहरु)

बिहान ८ः३० बजे सुरु हुने भनिएको रास्वपाको महाधिवेशन बन्द सत्र अहिलेसम्म पनि सुरु हुन सकेको छैन् ।
रास्वपा महाधिवेशन उद्‍घाटन समारोह (तस्बिरहरु)

रास्वपा महाधिवेशन उद्‍घाटन समारोह (तस्बिरहरु)

चितवनमा कार्यक्रमको उद्घाटन रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बलेन शाहले घण्टी बजाएर कार्यक्रमको उद्घाटन गरेका हुन्।