नेभिगेशन
समाज

६५ लाख खर्चेर बागमतीका ६ ठाउँमा राखियो ट्रास बेरियर, कसरी गर्छ काम ?

काठमाडाैँ । शहरी विकास मन्त्रालय अन्तर्गतको बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान गरेको छ । 

६५ लाख खर्च गरेर यस्ता बेरियर राखिएको हो । गत साउन २ गते सम्झौता गरेर ६ ठाउँमा यस्ता बेरियर राखिएको छ। गोकर्ण ब्यारेजभन्दा माथि, गुहेश्वरी नजिक, पशुपतिभन्दा तल तीलगंगामा, मनोहरा र बागमतीको दोभानमा, युएन पार्कमा र कर्मनाशा मिसिने ठाउँ बालकुमारीमा जडान गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोजनाका उपनिर्देशक उद्धव नेपालका अनुसार ट्रास बेरियरले नदीमा तैरिने फोहोरहरु जस्तै प्लास्टिक, प्लास्टिकका बोत्तल, काठका टुक्राहरु, फोम लगायतका तैरिँदै बगेर आउने वस्तुलाई रोक्छ र एकै ठाउँबाट संकलन गर्न सजिलो हुन्छ । 

Ncell
Extreme Energy

परिक्षणको रुपमा यसलाई सुरु गरिएको हो । प्रारम्भिक रुपमा प्रभावकारी नै देखिएको उनले बताए । 

पानीको सतह घटबढ हुँदा बेरियर आफैं तलमाथि हुन्छ । आगामी बर्खा सिजनमा यसले कसरी काम गर्छ त्यो हेरेर थप ठाउँ र नदीहरुमा राख्नेबारे तय गरिने नेपालले बताए ।

River-Trash-Barriers_sidhakura5-1771655039.jpg

River-Trash-Barriers_sidhakura7-1771655040.jpg

River-Trash-Barriers_sidhakura6-1771655040.jpg

River-Trash-Barriers_sidhakura2-1771655039.jpg

River-Trash-Barriers_sidhakura3-1771655039.jpg

River-Trash-Barriers_sidhakura4-1771655039.jpg

River-Trash-Barriers_sidhakura1-1771655038.jpg

River-Trash-Barriers_sidhakura-1771655038.jpg

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...