नेभिगेशन
सबै कुरा

एनसेलविरुद्धको रिटमा अदालतको कारण देखाउ आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो

एनसेलको ८० प्रतिशत सेयर बिक्रीविरुद्ध सांसदसमेत रहेका अमरेशकुमार सिंहले सर्वोच्चमा दर्ता गरेको रिटमाथि अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले उक्त रिटउपर कारण देखाउ आदेश जारी गर्नुका साथै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको हो ।

CG

अदालतले आगामी पुस १६ गतेका लागि पक्ष र विपक्ष दुवैलाई छलफलका लागि बोलाएको हो ।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् । उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गर्दै सर्वोच्चमा मंसिर २२ गते रिट निवेदन दर्ता गरेका हुन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस २१ गतेसम्म सेवाग्राही संस्था, महान्यायाधिवक्ताको कार्यालयबाट गरी हालसम्म जलेका मुद्दाहरुमध्ये १० हजार ३४० मुद्दाका मिसिल तयार पारिएको छ ।
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीहरु हरिप्रसाद फुँयाल,  मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले आज नेपाली कांग्रेसका निर्वतमान ८ सांसदले दायर...
रवि लामिछाने र छवि जोशीको मुद्दा हेर्न नमिल्नेमा

रवि लामिछाने र छवि जोशीको मुद्दा हेर्न नमिल्नेमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सचापति रवि लामिछानेसँग सम्बन्धीत मुद्दाको सुनुवाई आज पनि नहुने भएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा आजका लागि तोकिएको पेशी हेर्न नमिल्नेमा परेको हो...
सर्वोच्चले भन्योः दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु, थुन्नुको कारण पेश गर्नु

सर्वोच्चले भन्योः दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु, थुन्नुको कारण पेश गर्नु

दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति पक्राउ गरेको थियो । शान्ति सुरक्षामा खलल पुर्‍याउनेगरी भड्काउ अभिव्यक्ति दिएको भन्दै निवासबाटै उनलाई पक्राउ गरिएको थियो ।