नेभिगेशन
समाज

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट लागेको छ । आज बजार खुलेलगत्तै नेप्सेमा चार प्रतिशतको वृद्धि देखिएपछि २० मिनेटका लागि कारोबार रोकिएको थियो ।

त्यस्तै, ११ बजेर २१ मिनेटमा कारोबार पुनः खुलेसँगै दोस्रोपटक सर्किट लागेको हो । नेप्से परिसूचक १३५ अङ्क अर्थात् पाँच प्रतिशतले वृद्धि हुँदा दुई हजार ८४८ को बिन्दुमा पुगेको छ । दोस्रो सर्किटसँगै कारोबार थप ४० मिनेटका लागि स्थगित गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’सम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिने व्यवस्था रहेको छ ।

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले...
१८ करोडको अडियोले कांग्रेसमा तरंग, पार्टी किनबेच भएको देउवाको टिप्पणी

१८ करोडको अडियोले कांग्रेसमा तरंग, पार्टी किनबेच भएको देउवाको टिप्पणी

गत पुस अन्तिम साता भएको कांग्रेसको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दियो । निर्वाचन आयोगको निर्णयलाई गत वैशाख ४ गते सर्वोच्चले पनि सदर गरिदियो । विशेष महाधिवेशनबाट निर्वाचित...
उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट फर्किए कांग्रेस सहमहामन्त्री शिवाकोटी

उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट फर्किए कांग्रेस सहमहामन्त्री शिवाकोटी

शिवाकोटीले फेसबुकमा पनि माफी मागेर लेख्छु भनेपछि लिखित सहमति र माफीपछि छाडिएको साइबर ब्युरोले जनाएको छ। ‘सामाजिक सञ्जालमा रोशन खड्कालाई मात्रै होइन, अरूबारे पनि म भ्रामक कुरा लेख्दिनँ’,...
देउवा समूहले टुंग्यायो ३९ जिल्लाको अधिवेशन, यी हुन् निर्वाचित सभापति

देउवा समूहले टुंग्यायो ३९ जिल्लाको अधिवेशन, यी हुन् निर्वाचित सभापति

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ।