नेभिगेशन
समाज

नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै आजको कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । सोमबार नेप्से परिसूचक १६२ दशमलव ९३ अङ्कले बढेर दुई हजार ८७५ दशमलव ४३ को बिन्दुमा कायम भएको छ । यो छ प्रतिशतको वृद्धि हो । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो दिन खुलेको बजारमा लगानीकर्तामा उत्साह देखिएको हो ।

सोमबार बजार खुलेलगत्तै नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यस्तै, ११ बजेर २१ मिनेटमा कारोबार खुलेको एक मिनेटभित्रै दोस्रोपटक सकारात्मक सर्किट लागेको थियो । परिसूचकमा पाँच प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, नेप्से परिसूचकमा १२ बजेर १  मिनेटमा छ प्रतिशतको वृद्धि अर्थात् तेस्रोपटक सकारात्मक सर्किट लागेपछि दिनभरिको कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ । हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’सम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक चार प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै, दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिने व्यवस्था रहेको छ ।

Ncell
Extreme Energy

आज २६१ कम्पनीको ११ लाख ४३ हजार ७६७ कित्ता शेयर चार हजार ५१ पटक खरिद–बिक्री हुँदा रु ५५ करोड ५९ लाख ६३ हजार ८९४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैङ्किङ ६ दशमलव ९२, विकास बैङ्क पाँच दशमलव ९१, वित्त पाँच दशमलव ४७, होटल तथा पर्यटन पाँच दशमलव ७३, जलविद्युत् छ दशमलव ८१ र लगानी समूह सात दशमलव ०६ प्रतिशतले बढेको छ ।

त्यस्तै, जीवन बीमा चार दशमलव ६७, उत्पादन तथा प्रशोधन पाँच दशमलव ३०, लघुवित्त चार दशमलव ०७, म्युचुअल फन्ड शून्य दशमलव १८, निर्जीवन बीमा तीन दशमलव ७४, व्यापार सात दशमलव ७३ र अन्य समूह पाँच दशमलव ५६ प्रतिशतले बढेको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘जीवनमा सबै दिन युद्धका दिन हुँदैनन्, कहिलेकाहीँ एकअर्काको सहारा चाहिन्छ’

‘जीवनमा सबै दिन युद्धका दिन हुँदैनन्, कहिलेकाहीँ एकअर्काको सहारा चाहिन्छ’

एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संकटका बेला एकअर्कालाई सहयोग गर्दै अघि बढ्नुपर्ने बताएकी छन्।
ऊर्जामन्त्री श्रेष्ठले लामिछानेबाट लिए सचिवालय सदस्यको शपथ

ऊर्जामन्त्री श्रेष्ठले लामिछानेबाट लिए सचिवालय सदस्यको शपथ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको शपथ लिएका छन् ।
ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
जिप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते

जिप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते

सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज बिहान भएको जिप दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।