नेभिगेशन
समाज

नेप्से परिसूचक ३२ अङ्कले घट्यो, साढे २१ अर्बको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ०८ अङ्कले घटेर दुई हजार ८४३ दशमलव ३५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ११ प्रतिशतको गिरावट हो ।

आज ३२९ कम्पनीको पाँच करोड २७ लाख ११ हजार ३५३ कित्ता शेयर दुई करोड पाँच लाख ६११ पटक खरिद–बिक्री हुँदा रु २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा जीवन बिमा शून्य दशमलव ५१, म्युचुअल फन्ड एक दशमलव ३४ र निर्जीवन बिमा शून्य दशमलव ४७ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैङ्किङ एक दशमलव २७, विकास बैङ्क एक दशमलव १६, वित्त दुई दशमलव ०६, होटल तथा पर्यटन एक दशमलव ८५, जलविद्युत् एक दशमलव ४५ र लगानी समूह एक दशमलव ४८ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन एक दशमलव ८२, लघुवित्त शून्य दशमलव १७, व्यापार दुई दशमलव १२ र अन्य समूह एक दशमलव ४० प्रतिशतले घटेको छ ।

Ncell
Extreme Energy

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य छ दशमलव ३६ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु एक अर्ब नौ करोड ७३ लाख ५५ हजार १५७ बराबरको २४ लाख नौ हजार ९८९ कित्ता शेयर कारोबार भएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘जीवनमा सबै दिन युद्धका दिन हुँदैनन्, कहिलेकाहीँ एकअर्काको सहारा चाहिन्छ’

‘जीवनमा सबै दिन युद्धका दिन हुँदैनन्, कहिलेकाहीँ एकअर्काको सहारा चाहिन्छ’

एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संकटका बेला एकअर्कालाई सहयोग गर्दै अघि बढ्नुपर्ने बताएकी छन्।
ऊर्जामन्त्री श्रेष्ठले लामिछानेबाट लिए सचिवालय सदस्यको शपथ

ऊर्जामन्त्री श्रेष्ठले लामिछानेबाट लिए सचिवालय सदस्यको शपथ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको शपथ लिएका छन् ।
ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
जिप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते

जिप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते

सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज बिहान भएको जिप दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।