नेभिगेशन
सेयर

नेप्से परिसूचकमा ६४ अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो ।

यो दुई दशमलव ३० प्रतिशतको वृद्धि हो । बिहीवार बजार खुलेदेखि निरन्तर उकालो लागेको हो । आज २४० कम्पनीको शेयर मूल्य बढ्दा २२ कम्पनीको घटेको छ भने दुई वटा कम्पनी स्थिर रहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज ३४२ कम्पनीको पाँच करोड ६९ लाख २० हजार ६०८ कित्ता शेयर एक लाख ९१ हजार २५१ पटक खरिदबिक्री हुँदा रु २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ दशमलव ९८ को कारोबार भएको नेप्सेले जनाएको छ ।

Ncell
Extreme Energy

अघिल्लो दिनको तुलनामा आज कारोबार रकम पनि बढेको छ । नेप्सेका अनुसार मङ्गलबार रु १२ अर्ब तीन करोड ४४ लाख छ हजार ३२८ बराबरको कारोबार भएकामा आज रु २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ मा पुगेको हो ।

आज सबै समूहका सूचक बढेका छन् । विकास बैंक समूह सबैभन्दा बढी तीन दशमलव ९५ प्रतिशतले बढेको छ ।

बैंकिङ तीन दशमलव १६, फाइनान्स एक दशमलव ९४, होटल तथा पर्यटन एक दशमलव ७५, हाइड्रोपावर दुई दशमलव ३०, लगानी एक दशमलव ७७, जीवन बिमा दुई दशमलव ७६, उत्पादन तथा प्रशोधन एक दशमलव ८९, माइक्रोफाइनान्स एक दशमलव २४, निर्जीवन बिमा एक दशमलव ८०, अन्य एक दशमलव ९७ र व्यापार समूह शून्य दशमलव १४ प्रतिशतले बढेका छन् ।

कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नेपाल लाइफ समृद्धि लगानी योजनाको शेयर मूल्य पाँच दशमलव १२ प्रतिशतले घटेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सेयर
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

“तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज सङ्कटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ । कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर...
हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

त्रिशूली–३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट–१ बाट निस्किएका छन् । अडिट २ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ...
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।

भर्खरै