नेभिगेशन
सबै कुरा

हात्ती धपाउने ड्रोन

विराटनगर । जंगली हात्तीले आतंक मचाउन थालेपछि मोरङको बेलबारी नगरपालिकाले ड्रोनको प्रयोग गरेर हात्ती भगाउन थालेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि बेलबारी नगरपालिकाले एम्बुलेन्स र दमकलको साइरन बजाएर हात्ती भगाउने गरेपनि साइरनबाट हात्ती भाग्न छाडेपछि ड्रोन प्रयोग गरिएको बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले जानकारी दिए ।

Ncell
Extreme Energy

अहिले ड्रोनको प्रयोग गर्दा बस्ती निस्किएका हात्ती जंगलतर्फ भागिरहेको स्थानीयले बताएका छन् । 

अहिले साइरन र मौरीको भुनभुनको आवाजलाई ड्रोनमा जडान गरिएको छ ।

हात्तीको नजिकै लगेर आवाज बजाएपछि हात्ती जुन बाटो आएको हो त्यही बाटो भाग्ने गरेको छ ।

करिब डेढ महिनाअघि भारतबाट झापाको बाहुनडाँगी हुँदै छिरेको हात्तीको बथानले झापा, मोरङ र सुनसरीमा जंगल आसपासका बस्तीमा आतंक सृजना गरेको छ । स्थानीयले लगाएको बाली पनि हात्तीले नष्ट गरिरहेको छ ।


भारतबाट छिरेको हात्तीको आक्रमणबाट तीन जिल्लामा एक महिनामा पाँच जनाको मृत्यु भइसकेको छ । झापा, मोरङ र सुनसरी गरी ३ जिल्लामा ५ जनाको मृत्यु भएको हो । यी जिल्लामा ६० भन्दा बढी हात्तीको छुट्टा छुट्टै बथान छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बडीमालिकामा पुग्यो फोर–जी सेवा

बडीमालिकामा पुग्यो फोर–जी सेवा

धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार भएको छ । नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा...
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
एनसेलको सेयर खरिद बिक्री छानबिन समितिको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

एनसेलको सेयर खरिद बिक्री छानबिन समितिको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

समितिको निष्कर्ष छ– सेयर खरिद बिक्री सम्झौता नै वास्तविक र यथार्थपरक छैन ।
बडीमालिकामा हेलिकोप्टरले पुर्‍याउँदैछ टेलिफोन

बडीमालिकामा हेलिकोप्टरले पुर्‍याउँदैछ टेलिफोन

नेपाल टेलिकमले नेपाली सेनाको हेलिकोप्टरमार्फत मङ्गलबार उक्त उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो ।