नेभिगेशन
सबै कुरा

हात्ती धपाउने ड्रोन

विराटनगर । जंगली हात्तीले आतंक मचाउन थालेपछि मोरङको बेलबारी नगरपालिकाले ड्रोनको प्रयोग गरेर हात्ती भगाउन थालेको छ । 

यसअघि बेलबारी नगरपालिकाले एम्बुलेन्स र दमकलको साइरन बजाएर हात्ती भगाउने गरेपनि साइरनबाट हात्ती भाग्न छाडेपछि ड्रोन प्रयोग गरिएको बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले जानकारी दिए ।

अहिले ड्रोनको प्रयोग गर्दा बस्ती निस्किएका हात्ती जंगलतर्फ भागिरहेको स्थानीयले बताएका छन् । 

अहिले साइरन र मौरीको भुनभुनको आवाजलाई ड्रोनमा जडान गरिएको छ ।

हात्तीको नजिकै लगेर आवाज बजाएपछि हात्ती जुन बाटो आएको हो त्यही बाटो भाग्ने गरेको छ ।

करिब डेढ महिनाअघि भारतबाट झापाको बाहुनडाँगी हुँदै छिरेको हात्तीको बथानले झापा, मोरङ र सुनसरीमा जंगल आसपासका बस्तीमा आतंक सृजना गरेको छ । स्थानीयले लगाएको बाली पनि हात्तीले नष्ट गरिरहेको छ ।


भारतबाट छिरेको हात्तीको आक्रमणबाट तीन जिल्लामा एक महिनामा पाँच जनाको मृत्यु भइसकेको छ । झापा, मोरङ र सुनसरी गरी ३ जिल्लामा ५ जनाको मृत्यु भएको हो । यी जिल्लामा ६० भन्दा बढी हात्तीको छुट्टा छुट्टै बथान छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड बजेट विनियोजन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड बजेट विनियोजन

काठमाडौँमा सूचना प्रविधि पार्क निर्माण गर्ने, मध्य पहाडी लोकमार्गसँग जोडिएको क्षेत्रमा नयाँ डाटा सेन्टर निर्माण गर्ने उनले बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सरकारले ७ अर्ब ७२...
ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
अन्तरिक्षमा आफ्नै ‘स्याटेलाइट’ पठाउने प्रयास सुरु भएको छः प्रधानमन्त्री

अन्तरिक्षमा आफ्नै ‘स्याटेलाइट’ पठाउने प्रयास सुरु भएको छः प्रधानमन्त्री

अन्तरिक्षमा पनि आफ्नै ‘स्याटेलाइट’ पठाउने प्रयास सुरु भएको छ । यस क्षेत्रमा नयाँ पुस्ताका हस्ती तयार भइसकेका छन्,” उनले भने, “हामी आत्मविश्वासका साथ अघि बढौँ । सूचना प्रविधिका...
फेसबुकलाई सञ्चारमन्त्रीको अल्टिमेटम: “एक हप्ताभित्र दर्ता भए हुन्छ, नभए बन्द गर्छौं”

फेसबुकलाई सञ्चारमन्त्रीको अल्टिमेटम: “एक हप्ताभित्र दर्ता भए हुन्छ, नभए बन्द गर्छौं”

“नेपालमा बसेर व्यवसाय गर्ने अनि त्यही देशको नियमअनुसार दर्ता प्रक्रिया मान्नुपर्दैन ?”, उनले भने, “एक हप्ताभित्र दर्ता भए हुन्छ, नभए बन्द गर्छौं ।” मन्त्रालयका सचिव स्तरबाट मेटाका अधिकारीबीच...