नेभिगेशन
समाज

‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत मल्कवाङमा केन्द्रीय प्रशारण लाइन विस्तार

काठमाडौँ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रिय प्रशारण लाइनमार्फत विद्युतीकरण भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत धवलागिरी गाउँपालिका–६ मराङ हुँदै मल्कवाङमा केन्द्रीय प्रशारण लाइन विस्तार गरेर विद्युतीकरण गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने र एक सय केभिए क्षमताको ट्रान्सफर्मर जडान गरेर स्थानीयको घरघरमा बिजुली बालेर उज्यालो पारिएको धवलागिरी गाउँपालिका–५ का वडाध्यक्ष अमर छन्त्यालले बताए।

Marvel
Extreme Energy

गत मङ्सिर महिनामा प्रशारण लाइनको परीक्षण र ट्रान्सफर्मरको चार्ज भएको थियो । मिटरबक्स जडान र वायरिङ सकिएपछि यसै महिनादेखि घरघरमा केन्द्रीय लाइनको बिजुली बालिएको वडाध्यक्ष छन्त्यालले बताए।

“छन्त्याल र दलित समुदायको बसोबास रहेको मल्कवाङमा पहिलो चरणमा ४३ वटा घर, वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयमा ४६ वटा मिटर जडान भएर बिजुली बालेका छौँ”, उनले भने, “होपाखोला टोलमा अर्को चरणमा लाइन विस्तार गरिने विद्युत् प्राधिकरणले प्रतिबद्धता जनाएको छ ।”

धवलागिरी गाउँपालिका–५ मा पर्ने मलम्पार टोलमा गत असारमा विद्युतीकरण भएको थियो भने भेडिखाल्टामा मल्कवाङबाट विद्युत् लगिने भएको छ । यहाँका बासिन्दा हाल नन्दीबाङ खोला लघु जलविद्युत परियोजनाको विद्युत् प्रयोग गर्दै आएका छन् ।

म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०र८१ देखि रु २२ करोड बजेटको योजना सञ्चालन गरेको छ । यस योजनामार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ३ डाडागाउँ, पात्ले, वडा नं –४ ओखरबोटका छ सय, च्युरीबोटका करिब एक सय, धवलागिरी गाउँपालिकाको मलम्पारका १५० र बुलका ४५ घरमा विद्युतीकरण भइसकेको छ ।

३७० घरपरिवारको बसोबास रहेको लुलाङमा ट्रान्सफर्मर चार्ज भइसकेको नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए ।

मालिका गाउँपालिकाको सिस्नेरी र महभिरमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । यो ठेक्कामार्फत धवलागिरी गाउँपालिका–१ को गुर्जाबाहेक बस्तस्हरुमा केन्द्रीय विद्युत् सुविधा पुग्ने केन्द्रका प्रमुख गामीले बताए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
आवागमन रोकेर घोप्टेभीरमा पहिरो रोकथामको काम सुरू (तस्बिरहरु)

आवागमन रोकेर घोप्टेभीरमा पहिरो रोकथामको काम सुरू (तस्बिरहरु)

लगातार सुक्खा पहिरो खसेकाले काम नसकिँदासम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अवागमन बन्द गरेर काम गरिने नागढुंगा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड मलेखु–मुग्लिन सडकखण्डका रेसिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेले...
लामो समय अलपत्र परेका विकास आयोजना समयमै सम्पन्न गराउन फिल्डमै खटिए मन्त्री लम्साल

लामो समय अलपत्र परेका विकास आयोजना समयमै सम्पन्न गराउन फिल्डमै खटिए मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
सुक्खायामका लागि भारतबाट १५० मेगावाट बिजुली किन्न बोलपत्र आह्वान गरिने

सुक्खायामका लागि भारतबाट १५० मेगावाट बिजुली किन्न बोलपत्र आह्वान गरिने

आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको छ।