नेभिगेशन
सबै कुरा

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज अन्तिम सुनुवाई

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइले बुधबार निरन्तरता पाउने भएको छ । 

यसअघि आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।  त्यससँगै २ दिन निरन्तर सार्वजनिक बिदा परेकाले उक्त सुुनुवाइले बुधबार निरन्तरता पाउने भएको हो । 

CG

सुनुवाइको पहिलो दिन पीडितका तर्फबाट सरकारी वकिलले बहस गर्दै पीडित नाबालिग रहेको जिकिर गर्दै उनीहरुले सन्दीपलाई अधिकतम सजाय हुनुपर्ने तर्क गरेका छन्।

बुधबार पीडितका तर्फबाट बहस पूरा भएपछि सन्दीपका तर्फबाट कानुन व्यवसायीले बहस गर्ने छन्।

सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नु पर्नेछ । मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ । 

सन्दीपविरुद्ध एक किशोरीलाई बलात्कार गरेको अभियोग छ। ती किशोरीले गौशालाको एक होटलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको आरोपसहित २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सर्वोच्चले भन्योः दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु, थुन्नुको कारण पेश गर्नु

सर्वोच्चले भन्योः दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु, थुन्नुको कारण पेश गर्नु

दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति पक्राउ गरेको थियो । शान्ति सुरक्षामा खलल पुर्‍याउनेगरी भड्काउ अभिव्यक्ति दिएको भन्दै निवासबाटै उनलाई पक्राउ गरिएको थियो ।
एकैदिन दुई अदालतमा पेशी चढेपछि रवि लामिछानेका कानुन व्यवसायीद्वारा बुटवलको पेशी स्थगित

एकैदिन दुई अदालतमा पेशी चढेपछि रवि लामिछानेका कानुन व्यवसायीद्वारा बुटवलको पेशी स्थगित

लामिछानेसँग सम्बन्धित मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलास र पाटन उच्च अदालतमा एकै दिन पेसी चढेको हो । बिगो बराबरको रकम धरौटी राखेर थुना बाहिर बस्न माग गर्दै...
रवि लामिछानेको निवेदनमा सर्वोच्चबाट प्रमाण मिसिल झिकाउने आदेश

रवि लामिछानेको निवेदनमा सर्वोच्चबाट प्रमाण मिसिल झिकाउने आदेश

उच्च अदालतका न्यायाधीशद्धय बाशुुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सर्वोच्च अदालतमा भएको मुुल मुद्दाको मिसिल प्रमाण झिकाउने आदेश भएको रविकातर्फबाट कानुनी पैरवी गरिरहेका अधिवत्ता डा. नारायणदत्त कंडेलले जानकारी...
रवि लामिछानेको निवेदनमा बहस सकियो

रवि लामिछानेको निवेदनमा बहस सकियो

उच्च अदालतका न्यायधिशद्धय बाशुदेव आचार्य र ओमप्रकाश अर्यालको इजलासमा भएको बहसमा रविकोतर्फबाट तीन जना र सरकारी वकिलकोतर्फबाट एक जनाले बहस गरेका थिए ।