नेभिगेशन
समाज

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित तत्कालीन विमानस्थल भन्सार प्रमुख लगायत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी र त्यसको सट्टापट्टा गरी भ्रष्टाचार गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरासहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।


अख्तियारले महरा सहित  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, नायब सुब्बा रेवन्त खड्का, महराका छोरा राहुल महरा (निर्मल), चिनियाँ नागरिक दाओजिन वाङ, लोकेन्द्र पौडेल लगायतको  मिलेमतोमा करिब साढे ८ किलो सुन चोरी निकासी र हिनामिना गरेको ठहरसहित मुद्दा दायर गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

२०७९ साल पुस १० गते दुबईबाट फ्लाई दुबईको उडानमार्फत आएका चिनियाँ नागरिक लि हाङ सोङले दुईवटा सुटकेसभित्र ७३० थान ई(सिगरेट ९भेप० ल्याएका थिए । भन्सार जाँचका क्रममा एक्स(रे मेसिनले शङ्कास्पद वस्तु देखाएपछि ती भेपहरू जफत गरिएका थिए।

अनुसन्धानका क्रममा ती भेपभित्र ८,४८०.५१७ ग्राम (करिब साढे ८ किलो) सुन लुकाएर ल्याइएको खुलेको थियो। तर, भन्सारका अधिकारीहरू र राजनीतिक पहुँच भएका व्यक्तिहरूको मिलेमतोमा उक्त सुन भएको भेपलाई सुरक्षित राख्नुको साटो भन्सारको गोदामबाटै गायब गरी अन्य वस्तुसँग सट्टापट्टा गरिएको र अवैध रूपमा बिक्री वितरण गरिएको अभियोगपत्रमा उल्लेख छ ।

सुन छुटाउनका लागि पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराले चिनियाँ तस्करहरूसँग अस्वाभाविक रूपमा टेलिफोन सम्पर्क गरेको र भन्सारका कर्मचारीहरूलाई प्रभावमा पारी गैरकानुनी लाभ लिन खोजेको अख्तियारले जनाएको छ ।

यो मुद्दामा अख्तियारले विमानस्थल भन्सारका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, नायब सुब्बा रेवन्त खड्का, महराका छोरा राहुल महरा ९निर्मल०, चिनियाँ नागरिक दाओजिन वाङ, लोकेन्द्र पौडेल लगायतलाई प्रतिवादी बनाएको छ ।

यसअघि महरालाई उच्च अदालत पाटनले सोही प्रकरणमा धरौटीमा छाड्न आदेश दिएको थियो ।

काठमाडौं जिल्ला अदालतले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणको आरोपमा महरालाई सीआईबीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौ महिनामात्रै बिजुली बेचेर पाँच अर्बभन्दा बढी आम्दानी गरेको छ ।
हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

सरकारले आगामी जाडोयाममा काठमाडौँ उपत्यकामा हुन सक्ने विद्युतको अत्यधिक मागलाई सम्बोधन गर्दै निर्बाध र सहज आपूर्ति सुनिश्चित गर्न एकीकृत रणनीति बनाएको छ ।
बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

सरकारले बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनःस्थापनालाई तीव्रता दिएको छ ।
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

ती वैज्ञानिकहरूले भोटेकोशी हिमबाढीमा विभिन्न जटिल प्राकृतिक प्रक्रियाको शृंखलाले भूमिका खेलेको दाबी गरेका छन्। तीमध्ये धेरै प्रक्रिया मानवसिर्जित जलवायु परिवर्तनकै कारण रहेको निष्कर्ष निकालेका छन्।