नेभिगेशन
सेयर

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले घटेर दुई हजार ८३७ दशमलव ७७ बिन्दुमा कायम भएको छ । यो शून्य दशमलव ४७ प्रतिशतको गिरावट हो ।

आज ३३५ कम्पनीको दुई करोड १० लाख ८७ हजार ६२८ कित्ता शेयर ९७ हजार ४८० पटक खरिद बिक्री हुँदा रु आठ अर्ब ९९ करोड ३२ लाख ८० हजार ९६७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव ०८ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ५९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । 

Ncell
Extreme Energy

बैंकिङ शून्य दशमलव ७४, विकास बैंक शून्य दशमलव ६७, वित्त शून्य दशमलव ६०, होटल तथा पर्यटन शून्य दशमलव ४४, लगानी शून्य दशमलव १२, जीवन बीमा शून्य दशमलव ७१, लघुवित्त शून्य दशमलव ७३, म्युचुअल फन्ड शून्य दशमलव ४९, निर्जीवन बीमा शून्य दशमलव ४८ र अन्य समूह एक दशमलव ३९ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा भुजुङ हाइड्रोपावर लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड, होटल फरेस्ट इन लिमिटेड र पाल्पा सिमेन्ट इन्ड्रस्टिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

एनआईसी एसिया ब्यालेन्स फन्डको शेयर मूल्य चार दशमलव १७ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सेयर
काँस फुलेको याम (तस्बिरकथा)

काँस फुलेको याम (तस्बिरकथा)

मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला डाँडाकाँडा, मैदान तथा नदी किनारका क्षेत्रमा काँस फुल्न थालेका छन्।
भरत दाहाल पक्राउ

भरत दाहाल पक्राउ

राजनीतिक विषयमा टिप्पणी गरिरहने भरत दाहाल पक्राउ परेका छन् ।
सुरु भयो रास्वपा सचिवालय बैठक

सुरु भयो रास्वपा सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरू भएको छ।
सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढ्यो

आइतबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ।