नेभिगेशन
समाज

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा १२ घण्टा सम्पत्ति शुद्धीकरण विभागको 'विशेष अपरेशन'

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले बिचौलिया दीपक भट्टको घर तथा कार्यालयमा छापा मारेको छ ।

मङ्गलवार बिहानैबाट विभागले नेपाल प्रहरी र स्थानीय निकायको सहयोगमा विभागको टोली १२ घण्टा लगाएर उनको घर र कार्यालयमा विशेष अपरेशन चलाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै भट्टको निवास र कार्यालय सिल गरेको छ । 

Ncell
Extreme Energy

विभागले भट्टका व्यावसायिक साझेदार शङ्कर ग्रुपका सुलभ अग्रवालको कार्यालयमा पनि मङ्गलवार छापा हानेको छ । उनको कार्यालयबाट पनि महत्त्वपूर्ण कागजपत्र, ल्यापटप र सिसिटिभी फुटेज नियन्त्रणमा लिएको छ। 

साथै विभागले मंगलबारनै भट्ट र अग्रवालको व्यावसायिक साझेदारी रहेको हिमालयन रि इन्स्योरेन्समा पनि छापा हानेको थियो ।हिमालयन रि इन्स्योरेन्सको कार्यालयका कागजातहरू, सिसिटिभी फुटेज समेत नियन्त्रणमा लिएको छ । 

विभागले भट्ट र अग्रवाललाई दुई सातादेखि हिरासतमा लिएर सम्पत्ति शुद्धीकरण, बिमा र बैङ्किङ कसुर लगाएको विषयमा छानबिन गरिरहेको छ।

त्यसमा छानबिनका लागि भट्टलाई पहिलो पटक र दोस्रो पटक १०/१० दिन गरी २० दिन हिरासतमा राख्न विभागले जिल्ला अदालत काठमाडौँबाट अनुमति पाएको छ।

त्यसै गरी अग्रवाललाई पनि थप छानबिनका लागि हिरासतमा राख्न विभागले अदालतबाट अनुमति पाएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौ महिनामात्रै बिजुली बेचेर पाँच अर्बभन्दा बढी आम्दानी गरेको छ ।
हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

सरकारले आगामी जाडोयाममा काठमाडौँ उपत्यकामा हुन सक्ने विद्युतको अत्यधिक मागलाई सम्बोधन गर्दै निर्बाध र सहज आपूर्ति सुनिश्चित गर्न एकीकृत रणनीति बनाएको छ ।
बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

सरकारले बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनःस्थापनालाई तीव्रता दिएको छ ।
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

ती वैज्ञानिकहरूले भोटेकोशी हिमबाढीमा विभिन्न जटिल प्राकृतिक प्रक्रियाको शृंखलाले भूमिका खेलेको दाबी गरेका छन्। तीमध्ये धेरै प्रक्रिया मानवसिर्जित जलवायु परिवर्तनकै कारण रहेको निष्कर्ष निकालेका छन्।