नेभिगेशन
समाज

जब एक महिलाले मर्न लागेको भन्दै श्रीमानलाई भिडियोकल गरिन्

काठमाडौँ ।  ललितपुर महानगरपालिका–२७ बस्ने एक जना महिलाले श्रीमानलाई सामाजिक सञ्जालमा ‘भिडियोकल’ गरी आफू मर्न लागेको भनेर बताएकी छिन् ।

श्रीमान्ले हस्याङ्फस्याङ गर्दै उक्त कुरा जिल्ला प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोल नम्बर १०० मा फोन गरेर जानकारी गराए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परिसरले तत्कालै प्रहरी वृत्त चापागाउँबाट प्रहरी नायब उपरीक्षक शिला थापाको कमान्डमा टोली खटायो । खोजतलास गर्दा ती महिला सुनाकोठी जङ्गलमा भेटिइन् र उद्धार भयो । सुन्दा एउटा चलचित्रको कहानी जस्तै लाग्ने यो घटना सोमबार साँझको हो । 

Ncell
Extreme Energy

समयमा सूचना प्राप्त हुँदा महिलाको अकालमा मृत्यु हुनबाट जोगिएको छ । ती महिलाले मर्न लागेको भनेर परिवारमा भिडियोकल गरेपछि प्रहरीको सक्रियतामा सकुशल उद्धार गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले भने, “क्विक रेस्पोन्स हुँदा महिलाको सकुशल उद्धार सफल भएको हो, हाम्रो टोलीले भेट्टा उनी डोरी बोकेर जङ्गल जाँदै थिइन्, मोबाइल लोकेसन पच्छ्याउँदै जाँदा फेला परिन् ।” उनले पारिवारिक कलहका कारण उक्त घटना भएको बताए ।

परिसरले भनेको छ, “ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ४३ वर्षीया महिलाले आफ्नो श्रीमान्लाई सामाजिक सञ्जालमा भिडियोकल गरी आफू मर्न लागेको जानकारी गराएको भनी निजको श्रीमान्ले जिल्ला प्रहरी परिसरको प्रहरी कन्ट्रोल १०० मा फोनमार्फत जानकारी गराएकामा खबर प्राप्त हुनसाथ तत्काल प्रहरी वृत्त चापागाउँ ललितपुरबाट प्रनाउ थापाको कमान्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा महिलालाई सुनाकोठीको जङ्गलबाट सकुशल उद्धार गरी निजको अफन्तको जिम्मा लगाएको छ ।”
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारीदेखि विभाग प्रमुखसम्म मनोनीत गरिने

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारीदेखि विभाग प्रमुखसम्म मनोनीत गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । महामन्त्री विपीन आचार्यकाअनुसार आज विहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । बैठकका १० वटा एजेण्डा...
ढोरपाटन आरक्षमा विदेशी सिकारीको आकर्षण

ढोरपाटन आरक्षमा विदेशी सिकारीको आकर्षण

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई...
आजको विदेशी मुद्राको विनिमयदर :  अमेरिकी डलरको भाउ १५३.४४  रुपैयाँ पुग्यो

आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ १५३.४४ रुपैयाँ पुग्यो

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४...