नेभिगेशन
समाज

नेप्से परिसूचकमा ३३ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । बिहीबार नेप्से परिसूचक ३३ दशमलव ८३ अङ्कले घटेर दुई हजार ८३३ दशमलव शून्य तीन अङ्कमा कायम भएको हो । यो एक दशमलव १८ प्रतिशतको गिरावट हो ।

बिहीबार ३४२ कम्पनीको दुई करोड सात लाख ४३ हजार ८८४ कित्ता शेयर एक लाख ११ हजार ६०७ पटक खरिद बिक्री हुँदा रु नौ अर्ब ३१ करोड २८ लाख ६० हजार ८०८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ८०, विकास बैंक एक दशमलव १५, वित्त एक दशमलव ९८, होटल तथा पर्यटन शून्य दशमलव ५०, जलविद्युत् एक दशमलव ५१ र लगानी समूह एक दशमलव २७ प्रतिशतले घटेको छ ।

Ncell
Extreme Energy

त्यस्तै, जीवन बीमा शून्य दशमलव ९०, उत्पादन तथा प्रशोधन एक दशमलव ५४, लघुवित्त शून्य दशमलव ७१, म्युचुअल फण्ड शून्य दशमलव १४, निर्जीवन बीमा एक दशमलव २८, व्यापार एक दशमलव शून्य एक र अन्य समूह एक दशमलव ९० प्रतिशतले घटेको छ ।

रिजलाइन इनर्जी लिमिटेड र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर मूल्य नौ दशमलव ४७ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काँस फुलेको याम (तस्बिरकथा)

काँस फुलेको याम (तस्बिरकथा)

मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला डाँडाकाँडा, मैदान तथा नदी किनारका क्षेत्रमा काँस फुल्न थालेका छन्।
भरत दाहाल पक्राउ

भरत दाहाल पक्राउ

राजनीतिक विषयमा टिप्पणी गरिरहने भरत दाहाल पक्राउ परेका छन् ।
सुरु भयो रास्वपा सचिवालय बैठक

सुरु भयो रास्वपा सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरू भएको छ।
सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढ्यो

आइतबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ।