नेभिगेशन
सेयर

नेप्से परिसूचकमा १७ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १७ दशमलव शून्य एक अङ्कले घटेर दुई हजार ७८७ दशमलव १५ को बिन्दुका कायम भएको हो । यो शून्य दशमलव ६० प्रतिशतले घटेको हो । विगत चार कारोबार दिनयता शेयर बजारमा लगातार गिरावट आइरहेको छ ।

अघिल्लो दिन दुई हजार ८०४ अङ्कमा रहेको बजार आज दुई हजार ७८७ को बिन्दुमा पुगेको नेप्सेले जनाएको छ । अघिल्लो दिन सात अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ बराबरको कारोबार भएकामा आज उक्त रकम घटेर रु पाँच अर्ब नौ करोड ५९ लाख पाँच हजार ७५७ दशमलव १७ मा पुगेको छ । बिहीबार ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २१६ कम्पनीको मूल्य घट्नुका साथै सात कम्पनी स्थिर रहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार ३४८ कम्पनीको एक करोड १३ लाख ७५ हजार ६९९ कित्ता शेयर ९३ हजार ९०७ पटक खरिदबिक्री हुँदा रु रु पाँच अर्ब नौ करोड ५९ लाख पाँच हजार ७५७ दशमलव १७ को कारोबार भएको नेप्सेले जनाएको छ । उत्पादन तथा प्रशोधन शून्य दशमलव ६० र व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहका परिसूचक घटेका छन् ।

Ncell
Extreme Energy

होटल तथा पर्यटन समूह सबैभन्दा बढी एक दशमलव ४२ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ७६, विकास बैंक शून्य दशमलव शून्य आठ, फाइनान्स एक दशमलव शून्य छ, हाइड्रोपावर एक दशमलव शून्य पाँच, लगानी शून्य दशमलव ५३, जीवन बिमा शून्य दशमलव ४३, माइक्रोफाइनान्स शून्य दशमलव ५३, निर्जीवन बिमा एक दशमलव १९ तथा अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले घटेको छ ।

बिहीबार सबैभन्दा बढी पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य १४ दशमलव ९९ प्रतिशतले बढेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य नौ दशमलव २४ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सेयर
काँस फुलेको याम (तस्बिरकथा)

काँस फुलेको याम (तस्बिरकथा)

मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला डाँडाकाँडा, मैदान तथा नदी किनारका क्षेत्रमा काँस फुल्न थालेका छन्।
भरत दाहाल पक्राउ

भरत दाहाल पक्राउ

राजनीतिक विषयमा टिप्पणी गरिरहने भरत दाहाल पक्राउ परेका छन् ।
सुरु भयो रास्वपा सचिवालय बैठक

सुरु भयो रास्वपा सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरू भएको छ।
सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढ्यो

आइतबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ।