नेभिगेशन
समाज

ठेक्का हत्याउन सरकारी वेबसाइट ह्याक गर्ने थप २ जना पक्राउ

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ईजीपी प्रणलीमा प्रणालीमा आनाधिकृत पहुँच पुर्याई बिभिन्न ठेक्काको विवरण हेरफेर २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईन्कोन प्रा.लिका शेयरधनी तथा लेखापाल स्वेदश पोखरेल र कल्पवृक्ष बिलडर्स प्रा.लि.का सञ्चालक प्रकाश ढुंगाना रहेका छन् । 

उनीहरुले सरकारी सिस्टम ह्याक गरी ठेक्काहरुको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गरेको भनी उजुरी परेको थियो । साइबर ब्यूरोमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको थियो । त्यसपछि प्रहरीले जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिई पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुविरुद्ध संगठित अपराध ऐन २०७० अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए । 

Ncell
Extreme Energy

यसअघि प्रहरीले सोही कसूरमा राप्रपा नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेलाई शुक्रबार पक्राउ गरेको थियो । उनीसँगै यो प्रकरणमा १ दर्जनबढी व्यवसायी तथा उनीहरुका सहयोगी पक्राउ परिसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौ महिनामात्रै बिजुली बेचेर पाँच अर्बभन्दा बढी आम्दानी गरेको छ ।
हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

सरकारले आगामी जाडोयाममा काठमाडौँ उपत्यकामा हुन सक्ने विद्युतको अत्यधिक मागलाई सम्बोधन गर्दै निर्बाध र सहज आपूर्ति सुनिश्चित गर्न एकीकृत रणनीति बनाएको छ ।
बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

सरकारले बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनःस्थापनालाई तीव्रता दिएको छ ।
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

ती वैज्ञानिकहरूले भोटेकोशी हिमबाढीमा विभिन्न जटिल प्राकृतिक प्रक्रियाको शृंखलाले भूमिका खेलेको दाबी गरेका छन्। तीमध्ये धेरै प्रक्रिया मानवसिर्जित जलवायु परिवर्तनकै कारण रहेको निष्कर्ष निकालेका छन्।