नेभिगेशन
समाज

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घटेर दुई हजार ७७० दशमलव २६ बिन्दुमा कायम भएको छ ।

आज ३४९ कम्पनीको एक करोड ४० लाख १३ हजार १६७ कित्ता शेयर एक लाख ५१ हजार २८६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५२ करोड ८० लाख ७७ हजार ९७६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको कारोबारमा अन्य समूह शून्य दशमलव ७३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ८४, विकास बैङ्क एक दशमलव २२, वित्त शून्य दशमलव ६१, होटल तथा पर्यटन दुई दशमलव ५६, जलविद्युत् एक दशमलव ७४, लगानी शून्य दशमलव ४७ र जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ४६, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ३१ निर्जीवन बीमा शून्य दशमलव ३९ र व्यापार समूह शून्य दशमलव ३९ प्रतिशतले घटेको छ ।

Ncell
Extreme Energy

हिमालयन बैङ्क लिमिटेड बण्ड २०८६ को शेयर मूल्य आज सबैभन्दा धेरै छ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य १४ दशमलव ९९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काँस फुलेको याम (तस्बिरकथा)

काँस फुलेको याम (तस्बिरकथा)

मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला डाँडाकाँडा, मैदान तथा नदी किनारका क्षेत्रमा काँस फुल्न थालेका छन्।
भरत दाहाल पक्राउ

भरत दाहाल पक्राउ

राजनीतिक विषयमा टिप्पणी गरिरहने भरत दाहाल पक्राउ परेका छन् ।
सुरु भयो रास्वपा सचिवालय बैठक

सुरु भयो रास्वपा सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरू भएको छ।
सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढ्यो

आइतबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ।