नेभिगेशन
नेताका कुरा

निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन नगरी राष्ट्रिय पुँजीको विकास सम्भव हुँदैन: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवद्र्धन नगरी राष्ट्रिय पूँजीको विकास सम्भव नहुने बताएका छन्।

बुधबार बिराटनगरमा विराट व्यापार संघको २६औं साधारण सभा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले निजी क्षेत्रलाई हतोत्साहित गर्ने कुनै पनि कार्यको प्रदेश सरकारले सधैं विरोध गर्ने स्पष्ट पारेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले संविधान र कानुन विपरीत प्रतिशोध तथा पूर्वाग्रह राखेर काम नगर्न आग्रह गर्दै देशको समग्र विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । पछिल्लो निर्वाचनपछि देशमा राजनीतिक स्थिरता कायम भएकाले अब आर्थिक समृद्धि हासिल गर्ने आधार तयार भएको उनको भनाइ छ ।

Ncell
Extreme Energy

कार्यक्रममा सहभागी व्यवसायीहरुले अन्तर्राष्ट्रिय परिस्थितिका कारण व्यापार व्यवसाय कठिन अवस्थामा पुगेको उल्लेख गर्दै यस्तो बेला सरकारले निजी क्षेत्रलाई दबाबमा राख्नु उपयुक्त नहुने बताएका थिए।

उनीहरूले खुला सिमानाका कारण बढ्दै गएको चोरी तस्करी नियन्त्रणका लागि सम्बन्धित निकाय थप संवेदनशील हुनुपर्ने माग पनि गरेका छन् । यसैबीच, विराट व्यापार संघको १३औं अधिवेशनले प्रमोद अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रास्वपा सभापति लामिछानेले दिए बधाई

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रास्वपा सभापति लामिछानेले दिए बधाई

सभापति लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई शुभकामना दिँदै उनको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगतिबाट आफू प्रेरित भएको उल्लेख गरेका हुन् ।
कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको छः नेता आङ्देम्बे

कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको छः नेता आङ्देम्बे

कांग्रेस १५औँ महाधिवेशनअन्तर्गतको बन्दसत्रको समापन कार्यक्रममा नेता आङ्देम्बेले यसपटकको महाधिवेशनमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताए ।
देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका चालिसेले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।