नेभिगेशन
समाज

नेपाललाई १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य छः अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रको विकास र रुपान्तरणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । 

सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा उद्घाटन समारोहमा मन्त्री वाग्लेले नेपाललाई करिब १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको भन्दै यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले वर्तमान सरकारले निजी क्षेत्र क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको धारणा राखे । अर्थमन्त्री वाग्लेले निजी क्षेत्रमाथि धरकपड हुन्छ भन्ने अनावश्यक ढंगले संशय राख्नुनपर्ने भन्दै राजनितीक प्रभावमा थन्क्याइएका पुराना अनुसन्धानलाई मात्रै अघि बढाइएको स्पष्ट पारे । तर व्यवसायीको आवरणमा अपराधिक गतिविधि गरेको पाइएमा कारवाही हुने उनको भनाइ छ ।

Ncell
Extreme Energy

उनले रास्वपाले चूनावी घोषणापत्रमा समावेश गरेका बिषयलाई नै प्राथमिकतामा राखेर आगामी आर्थिक बर्षको बजेटको तयारी भइरहेको बताए । अर्थमन्त्री वाग्लले रोजगारी सिर्जनादेखि उत्पादन वृद्धि र निर्यात विस्तारसम्म निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेकोले निजी क्षेत्रको संरक्षण र प्रवद्र्धन रणनीतिले निजी क्षेत्रमा देखिएका समस्या समाधान गर्ने विश्वास व्यक्त गरे । 

साथै अर्थमन्त्री वाग्लेले लगानीमैत्री वातावरण, सहज नियम प्रक्रिया र स्थायित्वमा सरकारले जोड दिने प्रतिवद्धता समेत जनाए । उनले विदेशी लगानी भित्राउनका लागि पनि सरकारले उचित वातावरण बनाउने धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...