नेभिगेशन
मुख्य समाचार

हराउँदै गएको जङ्गली वंश : कोशीटप्पुका अर्नामा बढ्दो आनुवंशिक संकट (तस्बिरहरु)

काठमाडौँ । कोशी टापु वन्यजन्तु आरक्षण नेपालको तराई क्षेत्रमा फैलिएको एउटा महत्वपूर्ण सिमसार तथा घाँसे मैदान हो। सप्तकोशी नदीले बनाएको यो मैदान जङ्गली हात्ती, नीलगाई, चराचुरुङ्गी र विशेष गरी दुर्लभ जङ्गली अर्नाको मुख्य आश्रयस्थलका रूपमा परिचित छ। जङ्गली अर्नाको मौलिक जीन हराउने खतरा यो क्षेत्रमा अहिले एउटा मौन संकटको रुपमा बढिरहेको छ । वैज्ञानिक अध्ययनहरूका अनुसार कोशीटप्पु क्षेत्रमा खुल्ला चौपाया भैँसीको समस्या नयाँ होइन। सन् १९५० को दशकतिर केही घरपालुवा भैँसीहरू छुटेका वा खुला रूपमा छाडिएका कारण फेरल (खुल्ला चौपाया) को जनसंख्या विकसित भएको उल्लेख विभिन्न अनुसन्धानमा पाइन्छ। पछि ती भैँसीहरू जङ्गली बथानसँग मिसिँदै गए। अहिले Koshi Tappu Wildlife Reserve भित्र र वरपर हजारौंको संख्यामा घरपालुवा तथा फेरल गाईवस्तु चरिरहेका भेटिन्छन्। यही अवस्थाले जङ्गली अरनाको आनुवंशिक शुद्धतामाथि ठूलो चुनौती खडा गरेको छ।
खुला चरन र नियन्त्रणविहीन पशु प्रवेशका कारण जङ्गली अरना र घरपालुवा भैँसीबीच क्रस–ब्रिडिङ बढिरहेको छ। यसले ूजेनेटिक इरोजनू अर्थात् मौलिक जीनको क्रमिक क्षय निम्त्याइरहेको छ। जङ्गली अरनाको विशिष्ट शारीरिक र आनुवंशिक विशेषता विस्तारै हराउँदै जाने जोखिम अहिले संरक्षणको मुख्य चिन्ता बनेको छ। कोशीटप्पुका मैदानमा देखिने कतिपय भैँसीहरूमा मिश्रित विशेषता स्पष्ट देख्न सकिन्छ। शुद्ध जङ्गली अर्नाको शरीर सामान्यतया ठूलो, कालो र शक्तिशाली हुन्छ। तिनका सिङ बाक्ला र अर्धचन्द्राकार बाहिरतिर फैलिएका हुन्छन्। तर क्रस–ब्रिड भैँसीमा शरीरको अनुपात, सिङको आकार, अनुहारको बनावट र रङमा फरकपन देखिन्छ। यही परिवर्तनले जङ्गली वंश क्रमशः कमजोर बन्दै गएको संकेत दिन्छ। समस्या केवल आनुवंशिक मात्र छैन। घरपालुवा पशुहरूसँगको निकट सम्पर्कले रोग सर्ने जोखिम पनि बढाएको छ। घरेलु गाईवस्तुबाट विभिन्न सङ्क्रामक रोग जङ्गली अर्नामा फैलिन सक्ने खतरा रहन्छ। यदि रोग फैलियो भने सानो जनसंख्यामा रहेका जङ्गली अरनालाई ठूलो क्षति पुग्न सक्छ। कोशीटप्पुका घाँसे मैदानमा शान्त देखिने दृश्यभित्र वास्तवमा संरक्षणको गम्भीर संघर्ष लुकेको छ। यदि खुला चरन नियन्त्रण, फेरल पशु व्यवस्थापन र वैज्ञानिक निगरानी प्रभावकारी रूपमा लागू भएन भने भविष्यमा शुद्ध जङ्गली अर्ना केवल इतिहासका पानामा सीमित हुन सक्छन्।
तस्बिरः दृष्टान्त बिडारीनेपाल फोटो लाइब्रेरी

Koshi-Tapu_-1106-1778390929.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Koshi-Tapu_-1778390929.jpg

Ncell
Extreme Energy

Koshi-Tapu_-1107-1778390951.jpg

Koshi-Tapu_-1108-1778390955.jpg

Koshi-Tapu_-1111-1778391010.jpg

Koshi-Tapu_-1112-1778391012.jpg

Koshi-Tapu_-1110-1778390998.jpg

Koshi-Tapu_-1109-1778390968.jpg

Koshi-Tapu_-1113-1778391024.jpg

Koshi-Tapu_-1114-1778391032.jpg

Koshi-Tapu_-1115-1778391037.jpg

Koshi-Tapu_-1116-1778391043.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

पहेँलिँदै गरेका धानका बाला, खुलेको नीलो आकाश र टल्किएका हिमालले दसैँको समयमा गाउँको सौन्दर्य थपेका छन् । दसैँको समापनसँगै अब केही दिनमा यहाँका किसानलाई धान र कोदो भित्र्याउने...
रास्वपा सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान (तस्बिरहरु)

रास्वपा सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान (तस्बिरहरु)

रास्वपा सभापति रवि लामिछाने श्रीमती निकिता पौडेल सहित पारिवारिक तीर्थाटनका लागि धनगढी हुँदै भारत प्रस्थान गर्न लागेका हुन् । ३ दिनको भ्रमणका क्रममा धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीताल...