नेभिगेशन
समाज

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार सामान्य अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव १५ अङ्कले ओरालो लागेर दुई हजार ७४० दशमलव २५ मा सीमित भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७० अङ्कले ओरालो लागेर ४६७ दशमलव ५५ मा सीमित भएको छ । कूल ३३९ कम्पनीको ५६ लाख ४३ हजार २८८ कित्ता शेयर दुई अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँमा खरिद बिक्री भएको छ ।

Ncell
Extreme Energy

कारोबारका आधारमा एसवाई प्यानल नेपाल, रिडी पावर कम्पनी, साहस ऊर्जा, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा छ ।

यस्तै, एशियन हाइड्रोपावर, एसवाई प्यानल, हिमालयन बैंकको बण्ड, एनआइसी एशिया ग्रोथ फण्ड दोस्रो र सेञ्चुरी डिवेञ्चरका लगानीकर्ताले कमाएका छन् ।

यस्तै, धौलागिरि लघुवित्त, झापा इनर्जी, सिटिजन बैंकको ऋणपत्र, रिज लाइन इनर्जी र आरबिबी फोकस–४० का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सोम शर्मा रास्वपाको केन्द्रीय समिति सदस्य निर्वाचित

सोम शर्मा रास्वपाको केन्द्रीय समिति सदस्य निर्वाचित

उनीहरुलाई निर्वाचित घोषणा गर्दा पार्टीको केन्द्रीय निर्वाचन आयोगले पार्टीको विधान अनुसार २ ओटा निर्णय गरेको छ । जसमा केन्द्रीय सदस्य चयन गर्दा सर्वाधिक मत प्राप्त गर्ने क्रमअनुसार शीर्ष...
बझाङ जीप दुर्घटनामा ३ जनाको मृत्यु, ७ जना गम्भीर घाइते, उद्धारका लागि गएको हेलिकप्टर ल्याण्ड हुन सकेन

बझाङ जीप दुर्घटनामा ३ जनाको मृत्यु, ७ जना गम्भीर घाइते, उद्धारका लागि गएको हेलिकप्टर ल्याण्ड हुन सकेन

जिल्ला प्रशासन कार्यालय बझाङकी सूचना अधिकारी सत्याकुमारी जोशीले घाइतेहरूको उद्धारका लागि सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण अवतरण हुन नसकेको  बताइन् । स्थानीय र सुरक्षाकर्मी उद्धारमा...
गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी,  फेरि बढ्यो अव्यवस्थित पार्किङ  (तस्बिरहरू)

गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ (तस्बिरहरू)

गणेश नेपालीको निधनपछि गृह मन्त्रालयले घटनाबारे छानबिन समिति गठन गरी महानगर प्रहरीसँग समेत सोधपुछ गरिरहेको छ । उक्त घटनापछि नगर प्रहरीमाथि आक्रमण वा सुरक्षा जोखिम बढ्न सक्ने चिन्ताका...
कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी पसेपछि विस्थापितलाई स्मृति भवनमा सारियो

कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी पसेपछि विस्थापितलाई स्मृति भवनमा सारियो

बाढीका कारण गएराति करिब १ बजेदेखि होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेर सुरक्षित स्थानमा गरिरहेका छन् ।

भर्खरै