नेभिगेशन
समाज

नेप्से परिसूचकमा १२ अङ्कको गिरावट

काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६ अङ्कले घटेर दुई हजार ७४२ दशमलव ११ को बिन्दुमा कायम भएको छ ।

बिहीबार बजार घट्दा कारोबार रकम बढेर रु तीन अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ दशमलव २७ को कारोबार भएको छ । बुधबार ३० दशमलव शून्य आठ अङ्कले उकालो लाग्दा रु तीन अर्ब ८२ करोड आठ लाख ९६ हजार ९६६ मूल्य बारबारको शेयर खरिद बिक्री भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार ७२ कम्पनीको मूल्य बढ्दा १८८ कम्पनीको मूल्य घटेको छ भने नौ कम्पनी स्थिर छन् । आज ३४८ कम्पनीको ८९ लाख ५५ हजार ५४५ कित्ता शेयर किनबेच हुँदा रु तीन अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ दशमलव २७ को कारोबार भएको हो । आज सबै समूहका परिसूचकको गिरावट दर एक प्रतिशतभन्दा कम रहेको छ ।

Ncell
Extreme Energy

बैंकिङ शून्य दशमलव ५७, विकास बैंक शून्य दशमलव ३१, फाइनान्स शून्य दशमलव २१, होटल तथा पर्यटन शून्य दशमलव ८६, हाइड्रोपावर शून्य दशमलव ६८, लगानी शून्य दशमलव ३३, जीवन बिमा शून्य दशमलव १०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३६, माइक्रोफाइनान्स शून्य दशमलव ४५, निर्जीवन बिमा शून्य दशमलव ४२ र अन्य शून्य दशमलव ३१ प्रतिशत घटेको छ भने व्यापार समूह स्थिर रहेको छ ।

आज बुङ्गल हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव २६ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी अपर लोहोरेखोलाको शेयर मूल्य १४ दशमलव ९५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः ४८९ जनाको शव भेटियो, अन्यको खोजी जारी

भोटेकोशी बाढीः ४८९ जनाको शव भेटियो, अन्यको खोजी जारी

भोटेकाशी बाढीमा बेपत्ता भएकामध्ये ४८९ जनाको शव भेटिएको छ। आज मध्यान्ह १२ बजेसम्ममा विभिन्न आठ जिल्लामा ती शव भेटिएको प्रहरीले जनाएको छ।
एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा राहत कोष १ करोड सहयोग हस्तान्तरण

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा राहत कोष १ करोड सहयोग हस्तान्तरण

विपद्को कठिन घडीमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।
सरकारले भन्यो– ड्याम फुटेको होइन, ओभर फ्लो भएको हो

सरकारले भन्यो– ड्याम फुटेको होइन, ओभर फ्लो भएको हो

भोटेकोशी नदीमा लेदो सहितको पानीको बहाव बढिरहँदा सरकारले तिब्बततर्फ थुनिएको खोलाको बाँध फुटेको नभई ओभर फ्लो भएका कारण नदीमा पानीको सतह बढेको बताएको छ ।