नेभिगेशन
समाज

दिल्लीमा रवि राप

काठमाडौँ । कहिले रोटी–बेटीको सम्बन्ध, कहिले बडाभाइ–छोटा भाइको नाम । नेपाल र भारतको सम्बन्धमा हामीले सुन्दै आएको नारा यही हो । 

आर्थिक हैसियत फरक होला, भूगोल सानो ठूलो होला, जनसंख्या थोरै धेरै होला । तर, विश्व मानचित्रमा दुवै देशको हैसियत समान हो । नेपाल र भारत दुवै सार्वभौम मुलुक हुन् । कैयौं पटक नेपाल आफैंले यस्तो ध्रुव सत्य तथ्यलाई बिर्सियो । यसलाई बिर्सिँदा कैयौं पटक दुई देशको सम्बन्धमा खटपट पनि देखियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, अहिले अवस्था फेरिएको छ । बुझाइ बदलिएको छ । र, पछिल्लो पटक रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणले विगतका कयौं मानसिकतलाई भत्काएको छ । नेपाल र भारतका बीचमा नयाँ हार्दिकता स्थापना गरेको छ । 

Ncell
Extreme Energy

भारत नेपालको छिमेकी राष्ट्र हो । यी दुई देशबीच परापूर्वकालदेखिको सम्बन्ध छ । खुला सिमाना छ । आवतजावत सहज छ । भारत विश्व अर्थतन्त्रमा उदियमान छ । संसारकै तेस्रो अर्थतन्त्र बन्ने होडमा छ । सँगै रहेको नेपाल सम्भावनाले भरिएको छ । नेपालसँग जुन प्राकृतिक स्रोत छ, जुन भौगोलिक संरचना छ, नेपालको सम्पत्ति यही हो । 

उदियमान भारत र सम्भावना बोकेको नेपालका नेताहरुका बीचमा यसपालि नयाँ दिल्लीमा अत्यन्तै सौहाद्र्र, आत्मीयतापूर्ण र विश्वाससहितको वार्ता भएको छ । र, यसका संवाहक बनेका छन्– रास्वपा सभापति रवि लामिछाने । 

रवि लामिछानेको भ्रमणका दौरान नयाँ दिल्लीको दिनदयाल मार्गस्थित भाजपाको मुख्यालयदेखि हैदरावाद हाउससम्म भएका सबै भेटवार्ताले दुई देशबीचको सम्बन्धमा हालसम्मकै दरिलो र बलियो इँटा थपिदिएको छ, आपसी विश्वास र भरोसा बढाइदिएको छ । 

आफ्नो पाँच दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली ओर्लिए लगत्तै रास्वपा सभापति रवि लामिछानेले आफ्नो प्राथमिकता विशेष आलेखमार्फत सार्वजनिक गरेका थिए । त्यसैका आधारमा रविले सबै भेटमा आफ्ना कुरा राखे । रविले जुन अवधारणा सार्वजनिक गरेका थिए, त्यसमा भाजपा अध्यक्ष नितिन नवीन, भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकर मात्रै होइन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि प्रभावित भए, र, रविले भने झैं विकासमा साझेदारी गर्न भारत उत्सुक रहेको बताए । 

हैदरावाद हाउसमा रवि र मोदीका बीचमा यति खुलेर छलफल भयो कि, यसअघि यस्तो वार्ता सायदै भएको थियो । छिमेकी देशका नेताहरुका बीचमा खुला हृदयले भेटवार्ता हुनुपर्छ, विश्वासका साथ छलफल हुनुपर्छ अनि कपटरहित संवाद हुनुपर्छ । यी तिनै कुरा रवि–मोदी वार्तामा देखियो । 

नेपालले राजनीतिक रुपमा परिवर्तनको जुन गति लिएको छ, त्यसमा भारत सन्तुष्ट छ, आशावादी छ । यो कुनै नेपाली नेताको दाबी होइन । रविसँगको भेटमा मोदीले भनेको कुरा हो । 

जेनजी आन्दोलनपछि नेपाल जसरी सम्हालियो, त्यो देखेर पनि भारत चकित छ । नेपालीहरु आन्दोलन गर्न मात्रै होइन, आन्दोलन व्यवस्थापनमा उत्तिकै खप्पिस छन् । ६ महिनाको अन्तरालमा चुनाव सम्भव भयो । चुनावमा जनताले परिवर्तनलाई रोजे । परिवर्तनको सम्वाहक र सारथि थियो– रास्वपा । रास्वपाले झण्डै दुई तिहाइ बहुमत पायो । नयाँ सरकार बनायो । नयाँ सरकारले सुशासन र विकासलाई अर्जुनदृष्टि बनाएर काम गरिरहेको छ । यसलाई भारतले पनि नजिकबाट नियालीरहेको छ । 

रविसँगको भेटवार्तामा स्वयम् मोदीले यो प्रसंग उठाए । मोदीसँगको भेटमा रविले, भारतले गरिरहेको आर्थिक प्रगतिको खुलेर प्रशंसा गरे । पछिल्ला वर्षहरुमा भारतले विकासमा जुन फड्को मार्यो, त्यसबाट खुला सीमा भएको नेपालले धेरै लाभ लिन सक्थ्यो । तर, सकेन । किन ? यसमा रविले भनेका थिए– हामी आफ्नै कारणले पछि पर्यौं । अब हामीलाई त्यो छुट छैन । रविले खुला हृदयले भने– अब भारतसँग स्पष्टरुपमा साझेदारी गरेर नेपालले लाभ लिन चाहन्छ । यसमा भारतले सहयोग गरोस् ।

रविको यो प्रस्तावमा मोदीले सहमति जनाइहाले । मोदीको जवाफ थियो– आर्थिक विकासमा नेपालसँग साझेदारी गर्न भारत तयार छ, यसका लागि एउटा खाका बनाऔं, सँगै हिँडौं । 

विगतमा थुप्रै विषयमा छलफल भए, सहमति पनि भए, कतिपय विषयमा त सम्झौता पनि भए । तर, कार्यान्वयन भएनन् । किन ? यसको कारण हो– नेपालको शासन सत्ता सम्हाल्नेहरुसँग इच्छाशक्ति भएन । 

मोदीले भनेका छन्– प्राथमिकताका क्षेत्र छुट्याऔं, विषयलाई एउटै टोकरीमा नहालौँ । 

भ्रमणका दौरान २ दिन उच्चस्तरीय भेटवार्ता गरेका रास्वपा सभापति रवि लामिछानेले विहीबार नयाँ दिल्लीमा रहेका नेपालीहरुसँग भेटवार्ता गरे । हजारौं नेपालीले खचाखच भरिएको हलमा रविले सम्बोधन गरे । भारतीय नेतृत्वसँग भएका छलफल बारे खुलस्त धारणा राखे, दुई देशबीचको सम्बन्धलाई थप सुदृढ र बलियो बनाउने आफ्ना सूत्र बताए अनि देश निर्माणमा विदेशमा रहेका नेपालीहरुको भूमिकाको पनि मुक्त कण्ठले प्रशंसा गरे । 

रवि लामिछानेले भारत भ्रमणका क्रममा अभूतपूर्व स्वागत र सम्मान पाए । मैले अघि नै भनिसकेँ कि, सार्वभौम दुई देशका नेताहरुका बीचमा जस्तो सम्बन्ध हुनुपथ्र्यो, त्यसैगरी वार्ता र छलफल भए । 

नेतामा देशभक्ति हुनुपर्छ, नेतामा छिमेकी देशहरुसँग कसरी सम्बन्ध राख्नुपर्छ भन्ने स्पष्ट भिजन हुनुपर्छ, नेतामा देश निर्माणका लागि स्पष्ट दृष्टिकोण हुनुपर्छ, यी सबैको कुराको संगम रवि लामिछानेसँग छ । त्यसैले पनि भारतले रविलाई महत्व दियो । रविले सत्ता र शक्तिका लागि अहिलेसम्म कसैसँग सम्झौता गरेका छैनन् । न देशभित्रका राजनीतिक शक्तिहरुसँग स्वार्थका लागि सम्झौता गरेका छन्, न आफू शक्तिमा पुग्नका लागि विदेशी शक्ति केन्द्रहरुसँग नै मोलमोलाइ गरेका छन् । भारत भ्रमणका क्रममा रविको शिर जसरी ठाडो भयो, रविले भारतीय नेतृत्वसँग जसरी आँखामा आँखा जुधाएर कुरा गरे, यसको आधार उनको त्यही नैतिक धरालत हो । 

रवि लामिछानेको भारत भ्रमणको उद्देश्य कुनै पनि कुरा माग्नु थिएन । रविको उद्देश्य त सम्बन्ध सुधार गर्नु थियो, विश्वास बढाउनु थियो अनि विकासमा हातेमालो गर्ने समझदारी निर्माण गर्नु थियो । कूटनीतिका जानकारहरुले भनेका छन्– रविको भ्रमण पूर्ण रुपमा सफल भएको छ र यो भ्रमणले विशेष सन्देश पनि दिएको छ । 

अब रविको भ्रमणले दिएका सन्देश के के हुन् त ? त्यसबारेमा पनि बुझौँ । रवि भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणामा दिल्ली गएका हुन् । भारतीय सत्तारुढ दल भाजपाका अध्यक्ष नितिन नवीनले नेपालको सत्तारुढ दलका सभापति रविलाई पार्टी टु पार्टी सम्बन्ध स्थापित गर्ने नीति अनुसार नै दिल्ली भ्रमणमा आमन्त्रण गरेका हुन् । यसरी एउटा देशको सत्तारुढ दलले छिमेकी देशको सत्तारुढ दलको सभापतिलाई बोलाउनुको अर्थ सम्बन्ध कायम गर्नु मात्रै थिएन, विश्वास आर्जन पनि थियो । र, यसमा दुवै पार्टीका नेता अर्थात रवि र नितिन दुवै सफल भएका छन् । 

भ्रमणको अर्को सन्देश वा उपलब्धि हो– नेपालको पछिल्लो राजनीतिक परिवर्तनप्रति भारतको धारणा बुझ्नु । भारतले नेपालमा भएको राजनीतिक परिवर्तनप्रति खुसी व्यक्त गरेको छ । यहाँ भन्नैपर्छ– नेपालमा पहिलो पटक भारतको साथ, सहयोग र संलग्नता बिना नै नेपालमा यति ठूलो राजनीतिक परिवर्तन सम्भव भयो । र, यसमा पनि भारतले खुसी व्यक्त गर्यो । यही भ्रमणले दिएको अर्को सन्देश हो– दुई देशका बीचमा लामो समयदेखि रोकिएको राजनीतिक तहको संवाद पुनः सुरु हुनु । रविको यो भ्रमणले दुई देशका उच्च नेताहरुका तहमा संवाद सुरु भएको छ । नेपालले भन्दा पहिले भारतले नै संवादमा चासो व्यक्त गर्यो, संवाद सम्भव भयो । 

नेपाल र भारतका बीचमा थुप्रै समस्या छन् । ती समस्यालाई संवादबाटै समाधान गर्न सकिन्छ । संसारमा कयौं दिन चलेका युद्ध त वार्ता र संवादबाट अन्त्य गर्न सकिन्छ भने परम्परागत रुपमै सम्बन्ध भएका दुई छिमेकी देशकाबीचमा रहेका समस्या समाधान नहुने कुरै भएन । 

र, यो भ्रमणको अर्को महत्वपूर्ण सन्देश हो– आर्थिक विकासमा साझेदारी । सिमानाले जोडिएका भारत र नेपाललाई अब अर्थतन्त्रले पनि जोड्नुपर्छ भन्ने रविको नीति छ । अब विकास कूटनीति सुरु हुनुपर्छ भन्ने रविको मान्यता छ । अब भारतीय लगानीलाई नेपालमा प्रोत्साहित गर्नुपर्छ भन्ने रविको बुझाइ छ । र, सबैभन्दा राम्रो पक्ष त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रविका प्रस्तावमा हार्दिकतापूर्व सहमति जनाएका छन् र यही बाटोमा अगाडि बढ्न उत्साहित देखिएका छन् । 

अघिल्लो भिडियोमै मैले भनेको थिएँ– रविको यो भ्रमण राजनीतिक र कूटनीतिक दुवै पक्षले महत्वपूर्ण छ । यो भ्रमणमा कुनै औपचारिक हस्ताक्षरसहितको सहमति वा सम्झौता गर्ने उद्देश्य नै थिएन । यो भ्रमणको उद्देश्य नै दुई देशका बीचमा उच्चस्तरको समझदारी निर्माण गर्नु थियो । जुनकुरा भारतका लागि पनि आवश्यक थियो, नेपालका लागि पनि आवश्यक थियो । 

जनताका मुद्दा उठाएर स्थापित भएका नेता हुन्, रवि लामिछाने । जनताकै मतले बनेको दल हो– रास्वपा । मुलुकको राजनीतिमा रास्वपा सभापति रवि लामिछानेको एक खालको छाप छ । दिल्ली भ्रमणले कूटनीतिमा अर्को छाप निर्माण गरेको छ । दिल्लीमा स्थापित गरेको मानककै आधारमा रविले नेपालको कूटनीतिक सम्बन्धलाई संसारभर फैलाउने विश्वास जगाएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बजारमा नेपाली आँप (तस्विरहरु)

बजारमा नेपाली आँप (तस्विरहरु)

हाल बजारमा नेपाली आँपको मूल्य आकार, गुणस्तर र जातअनुसार फरक–फरक रहेको छ। कुलेश्वर फलफूल बजारका अनुसार बम्बई आँप २२ केजीको क्रेटको मूल्य १ हजार ५ सयदेखि १ हजार...
दिल्ली उडे परराष्ट्रमन्त्री खनाल

दिल्ली उडे परराष्ट्रमन्त्री खनाल

मन्त्रालयका अनुसार उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानअन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल भारतबीचको दीर्घकालीन तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।
देशैभरी गुणस्तरीय तथा दिगो विद्युत आपूर्ति सुनिश्चित गर्न कस्सिए ऊर्जामन्त्री श्रेष्ठ, विद्युत प्राधिकरणलाई दिए टास्क

देशैभरी गुणस्तरीय तथा दिगो विद्युत आपूर्ति सुनिश्चित गर्न कस्सिए ऊर्जामन्त्री श्रेष्ठ, विद्युत प्राधिकरणलाई दिए टास्क

‘यसपटक प्राधिकरणले माग गरे अनुसारको बजेट प्राप्त गरेको छ । अब त्यसको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा सुधार र गुणस्तरीय तथा दिगो विद्युत आपूर्ति सुनिश्चित गर्ने जिम्मेवारी प्राधिकरणकै हो,’...
सम्पर्कविहीन निजामती कर्मचारीको खोजी गर्दै सरकार,  हाजिर अद्यावधिक नगराए कारवाही

सम्पर्कविहीन निजामती कर्मचारीको खोजी गर्दै सरकार, हाजिर अद्यावधिक नगराए कारवाही

मन्त्रालयले अध्ययन तथा असाधारण बिदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका वा लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका कर्मचारीहरूको हकमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने तयारीसमेत गरेको...