नेभिगेशन
समाज

सुधन गुरुङमाथि छानबिनः सेयरमा कैफियत भेटिएन, धनकुटाको जग्गामा प्रश्न

काठमाडौँ । रास्वपा सांसद एवम् तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले ‘विवादास्पद कम्पनीको सेयर खरिद’मा कुनै संलग्नता नदेखिएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । अच्युतमप्रसाद भण्डारीको अध्यक्षतामा गठित समितिले आज प्रधानमन्त्री समक्ष ४५ पृष्ठको प्रतिवेदन बुझाएको हो ।

सरकारले अनुसन्धान गरिरहेका व्यक्तिहरुद्वारा सन्चालित कम्पनीको सेयर खरिदमा गुरुङको नाम मुछिएपछि सरकारले छानबिन समिति बनाएको थियो । समितिले गुरुङको आयव्यय, सुन, कम्पनीहरुमा लगानी तथा त्यसको स्रोतका बारेमा छानबिन गरेको थियो । सबै विषय प्रमाणसहित प्रतिवेदनमा समावेश गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । प्रतिवेदन बुझाएपछि उनले भने ‘सुधन गुरुङको विषयमा जे(जे बाहिर प्रश्न उठेका थिए, ती सबै विषय प्रतिवेदनमा समेटिएको छ। हामीले जे देख्यौँ त्यहीँ उल्लेख गरेका छौँ। प्रतिवेदन पनि सार्वजनिक गरिदिनुहोस् भनेका छौँ ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिको निष्कर्ष के छ भन्ने बारेमा भण्डारीले केही बताएका छैनन् ।

Ncell
Extreme Energy

तर, उच्च स्रोतका अनुसार, सुधन गुरुङलाई जुन विषयमा विवादमा तानिएको थियो, ती विषयमा उनी निर्दोष देखिएका छन् । प्रतिवेदनमा समितिले ‘सेयर खरिदको विषयमा कुनै कैफियत नभेटिएको’ उल्लेख गरेको स्रोतको दाबी छ ।

गुरुङले सम्पत्ति विवरण सार्वजनिक गरेपछि हदबन्दीभन्दा बढी जग्गा भएको, पोखराको फेवातालमा मिचिएको सरकारी जग्गा भाडामा लिएको, विवादास्पद व्यवसायी दीपक भट्टसँग कम्पनीमा रहेको सेयरलगायत विषयमा विवाद उठेको थियो ।

सेयर खरिद तथा अन्य सम्पत्ति विवरणमा कुनै अनियमितता नदेखिए पनि धनकुटामा किनेको जग्गामा भने केही प्रश्न देखिएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । ‘बढी मूल्यको जग्गालाई कम मूल्यको देखाएर थोरै कर तिरेको देखिएको’ प्रतिवेदनमा उल्लेख गरिएको स्रोतको दाबी छ ।

चैत १३ गते गृहमन्त्री भएका गुरुङले सम्पत्ति विवरणका बारेमा विवाद सिर्जना भएपछि पदबाट राजीनामा दिएका थिए । 

प्रतिवेदनले उनको सेयर कारोबारमा कुनै कैफियत नभएको निष्कर्ष दिएसँगै गृहमन्त्रीमा फर्कीन सुधनलाई बाटो खुला भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
विभिन्न स्थानबाट २० जना  किन परे पक्राउ ?

विभिन्न स्थानबाट २० जना किन परे पक्राउ ?

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ ।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. वाग्लेले १५ जना १–१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका...