नेभिगेशन
समाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा उनीहरूबीच भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्ध तथा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा हुँदै आएको सहकार्यका विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री मेहताले भेटवार्ताका क्रममा सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गर्दै सोहीअनुरूप सहकार्यलाई प्राथमितकता दिनुपर्नेमा जोड दिए।

Ncell
Extreme Energy

सो अवसरमा कार्यवाहक अर्बमले अमेरिकी सरकारले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

उक्त भेटघाटका क्रममा अमेरिकी सरकारबाट नेपालमा सहयोग हुँदै आएका एचआइभी/एड्सको नियन्त्रण तथा रोकथाम, स्वास्थ्य  डिजिटलाइजेसन, टेलिमेडिसिन, ग्लोबल हेल्थ सेक्युरिटी तथा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरणलगायत विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।