नेभिगेशन
समाज

सीमा विवादमा तेस्रो पक्षको मध्यस्थता खोजेका होइनौं: परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवादमा तेस्रो पक्षको मध्यस्थता नखोजिएको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिका विषयमा जवाफ दिँदै उनले नेपाल र भारतबीचको सीमा विवाद दुई देशबीचको कूटनीतिक संवादबाट नै समाधान गरिने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘सीमा विवादमा हामीले तेस्रो पक्षको मध्यस्थता खोजेका होइनौं’ प्रधानमन्त्रीले सीमा विवादका विषयमा सुगौली सन्धी हुँदा बेलायत थियो, केही दस्तावेज वा विषय छन् भने ती कुरा पनि लिन सकिन्छ भनेर प्रधानमन्त्रीले भन्नु भएको हो, बेलायतको मध्यस्थता खोजिएको होइन।’

Ncell
Extreme Energy

परराष्ट्रमन्त्री खनालले सीमा विवाद दुई पक्षीय विषय भएको पनि स्पष्ट पारे । ‘यो दुई पक्षीय विषय हो । यो ऐतिहासिक सन्धी सम्झौता र दस्तावेजका आधारमा कूटनीतिक वार्ता र सहमतिमा गर्ने हो’ उनले भने ।

त्यस्तै, प्रधानमन्त्रीले क्रस बोर्डर अकुपेसनको विषय उठाएको पनि उनले स्पष्ट पारे । ‘प्रधानमन्त्रीको अभिव्यक्ति दजगजा र क्रस बोर्ड अकुपेसनसँग सम्बन्धित छन्’ उनले भने ।

मन्त्री खनालले आफ्नो भारत भ्रमणका क्रममा व्यापार, ऊर्जा, कनेक्टिभिटी र सीमा समस्याबारे छलफल भएको जानकारी दिए ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।