नेभिगेशन
सबै कुरा

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा

२४ पुस, नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान मन्त्रालय पुगेर सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई खनालले राजीनामा बुझाएका हुन् । 

सञ्चार मन्त्रालय स्रोतले प्राधिकरणका अध्यक्ष खानलले राजीनामा दिएको पुष्टी गर्याे । मन्त्रालयमा राजीनामा बुझाए पछि अध्यक्ष खनाल प्राधिकरण आएका थिए । प्राधिकरणमा केहीबेर बसेका खनालले राजीनामाबारे भने केही नबाेली कार्यालयबाट बाहिरीएकाे प्राधिकरणका एक अधिकारीले बताए । 

City Express

तत्कालिन नेकपा सरकारले २०७६ साउन ६ गते खनाललाई ५ वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । प्राधिकरणमा खनालको पदावधि २०८१ साउनसम्म हुने थियो । प्राधिकरण माथि भ्रष्टाचारको आरोपमा अहिले अख्तियार दुरुयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। अवैध फोनका गतिविधि अनुगमन गर्ने प्रविधि (टेरामक्स) र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमए) खरिद प्रक्रियाबारे छानबिन भइरहेको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन-जी आन्दोलनलाई रास्वपाको पनि समर्थन, आन्दोलनमा घुसपैठ नगर्न सत्तालाई खबरदारी

जेन-जी आन्दोलनलाई रास्वपाको पनि समर्थन, आन्दोलनमा घुसपैठ नगर्न सत्तालाई खबरदारी

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् । साथै  रास्वपाले जेनजीको आन्दोलनमा सहभागी हुने रास्वपाका जेनजी पुस्ता र समर्थकलाई रास्वपाको लोगो...