नेभिगेशन
समाज

राहदानीका डीजीसहित ५ जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाईको भ्रष्टाचार मुद्दामा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानिर्देशक अर्यालसँग ५ लाख रूपैयाँ धरौटी माग गरिएको छ भने सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीसँग ४ लाख, तत्कालीन शाखा अधिकृत सोमेश थापासँग ३ लाख, कम्प्युटर इन्जिनियर विपिन प्रसाईंसँग ३ लाख र राहदानी छाप्ने ठेक्का पाएको जर्मन कम्पनी मुलबाउरका नेपाल प्रतिनिधि मणिन्द्रराज मल्लसँग ५ लाख धरौटी माग भएको छ।

Ncell
Extreme Energy

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत साता उ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायर गरिएकामध्ये तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र तत्कालीन उपसचिव राजाराम दाहाललाई बिना धरौटी छाड्न आदेश दिएको छ।

उनीहरूमाथि अख्तियारले १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रूपैयाँ बिगो कायम गरेको छ। राहदानी विभागले राहदानी छपाइका लागि आह्वान भएको बोलपत्रको सुरूआती चरणबाटै गम्भीर अनियमितता र भ्रष्टाचार गरेको भन्ने ब्यहोरासहित उजुरी परेको अख्तियारले उल्लेख गरेको छ।

राहदानी छपाइका लागि दुईवटा जर्मन कम्पनीले ठेक्का पाएका थिए । प्याकेज १ अन्तर्गत मुलबाउरले पासपोर्टको प्रि–इनरोलमेन्ट, इनरोलमेन्ट र डाटा म्यानेजमनेट सिस्टमको ठेक्का पाएको थियो भने प्याकेज २ मा भेरोडोसले पर्सनलाइजेसन, क्वालिटी कन्ट्रोल र प्याकेजिङ सिस्टमको ठेक्का पाएको थियो।

आरजु राणालाइ खोजिएको पासपोर्ट काण्ड के हो ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाले १० जिल्लाका सडक प्रभावित

वर्षाले १० जिल्लाका सडक प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
नेपालमै बनेको विद्युतीय 'यात्री पीटू' स्कुटरको कारखाना पुगे अर्थमन्त्री वाग्ले, विश्व बजारमा लैजान सुझाव

नेपालमै बनेको विद्युतीय 'यात्री पीटू' स्कुटरको कारखाना पुगे अर्थमन्त्री वाग्ले, विश्व बजारमा लैजान सुझाव

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन् ।
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।
नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ ।