नेभिगेशन
समाज

कर्णाली सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य

काठमाडौँ । मौन महामारीको रुपमा बढ्दै गएको मानसिक स्वास्थ्यलाई कर्णाली प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ । सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठ मानसिक स्वास्थ्य प्रदेश सरकारको उच्च प्राथमिकता रहेको बताए ।

स्वीस विकास नियोगको सहयोग तथा युनिसेफ, युएनएफपिए, डब्लुएचओको समन्वयमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘मानसिक स्वास्थ्य सहयोग कार्यक्रम’ मा सचिव श्रेष्ठले पछिल्लो समयमा भुसको आगो झै फैलिँदै गएको मानसिक स्वास्थ्य सुधारमा सरकारका साथै विकास साझेदारको सहयोग त्यत्तिकै आवश्यक रहेको बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयनमा ल्याएको छ । यसमा विकास साझेदारले स्वीकृत मानसिक स्वास्थ्य रणनीतिको लक्ष्य पूरा हुने र नतिजा आउने गरी आफ्नो कार्यक्रम ल्याउन पर्ने आवश्यकतामा सहभागीले  जोड दिएका छन्।

Ncell
Extreme Energy

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा निर्देशक डा रवीन खड्काले कर्णाली प्रदेशको समग्र मानसिक स्वाथ्यमा प्रभाव पार्ने र औचित्य पूरा हुने कार्यक्रम कार्यान्वयन हुनुपर्ने आवश्यकता औल्याएका थिए। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का कर्णाली प्रदेश प्रमुख प्रदीप अधिकारील मानसिक स्वास्थ्य सहयोग कार्यक्रममार्फत यसबाट यहाँका ५५ हजार नागरिक लाभान्वित हुने बताए।

डब्लुएचओका प्राविधिक मामिला हेर्ने डा हिरोशी एजुमाले कर्णाली र यहाँको वस्तुस्थितिलाई बुझेर कार्यक्रमलाई सघन बनाएर लैजाने जानकारी दिए ।
डब्लुएचओकै स्वास्थ्य अधिकृत विन्दु पन्थीले आजदेखि सुरु गरिएको मानसिक स्वास्थ्य सहयोग कार्यक्रम परीक्षण परियोजनाको रुकुम पश्चिमका त्रिवेणी, सानीभेरी, बाँफिकोट गाउँपालिका र चौरजहारी नगरपालिकामा तथ्याङ्क सङ्कलनमा प्राविधिक सहयोग गरिने जानकारी दिए ।

परियोजनाअन्तर्गत बिरामी पत्ता लगाउने, उपचारको दायरामा ल्याउने र टेलिमिडिसन सेवाका लागि सरकारलाई सहयोग कार्यक्रम सन् २०२८ डिसेम्बरसम्म सञ्चालन हुनेछ । मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका अधिृकत खगेन्द्रप्रकाश गैरले मानसिक स्वास्थ्य सेवा कर्णालीका १० वटै जिल्लाबाट प्रवाह भइरहेको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
होल्डिङ सेन्टरका सुकुम्बासी पुगे मानवअधिकार आयोगको कार्यालय (तस्बिरहरु)

होल्डिङ सेन्टरका सुकुम्बासी पुगे मानवअधिकार आयोगको कार्यालय (तस्बिरहरु)

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको तर्फबाट दल मर्दन कामी, पर्मिला राई, झवरलाल उराँव, कल्पना थापा, निरकुमार मगर, रामकुमारी राई, कमला उराँव र गोपाल माझीलगायतको प्रतिनिधिमण्डलले राष्ट्रिय मानवअधिकार...
देशभर ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता

देशभर ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ८ः४५ बजेदेखि मंगलबार बिहान ८ः४५ बजेसम्मको अवधिमा भएका घटनामा बाढी, पहिरो, सर्पदंश, अविरल वर्षा तथा वन्यजन्तु आक्रमणका घटना...
देशमा अहिले चरम निराशा छाएको छः डा.अमरेशकुमार सिंह

देशमा अहिले चरम निराशा छाएको छः डा.अमरेशकुमार सिंह

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद सिंहले मुलुकमा देखिएको पछिल्लो घटनाक्रमले देशमा अहिले चरम निराशा छाएको देखिएको बताएका हुन् ।
संसद् मन्त्रीले सांसद  थर्काउने थलो होइनः युवराज दुलाल

संसद् मन्त्रीले सांसद थर्काउने थलो होइनः युवराज दुलाल

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद दुलालले संसद मन्त्रीले सांसद थर्काउने थलो नभई सांसदले सरकारलाई प्रश्न गर्ने र सरकारले जवाफ दिने ठाउँ भएको बताएका हुन् ।