नेभिगेशन
समाज

कर्णाली प्रदेशसभाको बैठक स्थगित

काठमाडौँ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको १९औँ बैठक आज पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहित राप्रपालगायतका दलका प्रदेशसभा सदस्यहरुको अवरोधपछि बैठक स्थगित भएको हो ।

सभा सञ्चालनको आकस्मिक समयमै बोल्दै प्रदेशसभा सदस्य सन्तोषी शाहीले ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरिको’,  उच्च शिक्षा अध्ययनमा सघाउने र आर्थिक सुरक्षा तथा सामाजिक न्याय हुने जनपक्षीय कार्यक्रम अलपत्र पारेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आव २०७६/७७ मा रु तीन करोड ८४ लाख र आव २०७७/७८ मा रु ६ करोड स्थानीय तहमार्फत ११ हजार ४१५ छोरीहरुको बैंक खातामा करोडौँ रकम जम्मा भइसकेको तथा उनीहरुको भविष्यसँग प्रत्यक्ष जोडिएको कार्यक्रमलाई निरन्तरता नदिनुको वास्तविक आधार र कारण के हो ? भन्दै उनले प्रदेश सरकारलाई प्रश्न गरे ।

Ncell
Extreme Energy

प्रदेशसभा सदस्य शाहीले कार्यक्रम अचानक बन्द हुँदा बैंकमा मौज्दात राज्यको करोडौँ रुपैयाँ तथा लाभग्रही छोरीहरुको हक र अधिकारको संरक्षण तथा व्यवस्थाको जिम्मेवारी कसले बहन गर्छ ? बैंक खाता छोरीको कार्यक्रम कार्यान्वयनको खाका तयार नभएसम्म प्रदेशसभा अगाडि बढ्न नसक्ने भन्दै सरकारसँग जवाफ माग गरेपछि प्रतिपक्षी दलका सबै सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए ।

बैठक अवरुद्ध भए पनि सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहलाई कणाली प्रदेश आर्थिक विधेयक २०८३ माथि विचार गरियोस् भनी कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १४८ को उपनियम १ बमोजिम सभासमक्ष प्रस्ताव राख्न अनुमति दिए।

कार्यसूचीअनुसार उहाँले सभाको कारबाही अगाडि बढाएपछि प्रतिपक्षी दलका सदस्यहरुले आर्थिकमन्त्री शाहलाई रोष्टमा जान नदिएर बेल घेराउ गरेका थिए । तत्पश्चात् सभामुख गुरुङले आधा घण्टाका लागि बैठक स्थगित भएको जानकारी दिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।