नेभिगेशन
समाज

कर्णाली प्रदेशसभाको बैठक स्थगित

काठमाडौँ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको १९औँ बैठक आज पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहित राप्रपालगायतका दलका प्रदेशसभा सदस्यहरुको अवरोधपछि बैठक स्थगित भएको हो ।

सभा सञ्चालनको आकस्मिक समयमै बोल्दै प्रदेशसभा सदस्य सन्तोषी शाहीले ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरिको’,  उच्च शिक्षा अध्ययनमा सघाउने र आर्थिक सुरक्षा तथा सामाजिक न्याय हुने जनपक्षीय कार्यक्रम अलपत्र पारेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आव २०७६/७७ मा रु तीन करोड ८४ लाख र आव २०७७/७८ मा रु ६ करोड स्थानीय तहमार्फत ११ हजार ४१५ छोरीहरुको बैंक खातामा करोडौँ रकम जम्मा भइसकेको तथा उनीहरुको भविष्यसँग प्रत्यक्ष जोडिएको कार्यक्रमलाई निरन्तरता नदिनुको वास्तविक आधार र कारण के हो ? भन्दै उनले प्रदेश सरकारलाई प्रश्न गरे ।

Ncell
Extreme Energy

प्रदेशसभा सदस्य शाहीले कार्यक्रम अचानक बन्द हुँदा बैंकमा मौज्दात राज्यको करोडौँ रुपैयाँ तथा लाभग्रही छोरीहरुको हक र अधिकारको संरक्षण तथा व्यवस्थाको जिम्मेवारी कसले बहन गर्छ ? बैंक खाता छोरीको कार्यक्रम कार्यान्वयनको खाका तयार नभएसम्म प्रदेशसभा अगाडि बढ्न नसक्ने भन्दै सरकारसँग जवाफ माग गरेपछि प्रतिपक्षी दलका सबै सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए ।

बैठक अवरुद्ध भए पनि सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहलाई कणाली प्रदेश आर्थिक विधेयक २०८३ माथि विचार गरियोस् भनी कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १४८ को उपनियम १ बमोजिम सभासमक्ष प्रस्ताव राख्न अनुमति दिए।

कार्यसूचीअनुसार उहाँले सभाको कारबाही अगाडि बढाएपछि प्रतिपक्षी दलका सदस्यहरुले आर्थिकमन्त्री शाहलाई रोष्टमा जान नदिएर बेल घेराउ गरेका थिए । तत्पश्चात् सभामुख गुरुङले आधा घण्टाका लागि बैठक स्थगित भएको जानकारी दिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ

सभामुख अर्यालले मनसुनजन्य विपद्का कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारलाई रुलिङ...
संसद्‍मा प्रधानमन्त्री बालेनको ‘सरप्राइज इन्ट्री’

संसद्‍मा प्रधानमन्त्री बालेनको ‘सरप्राइज इन्ट्री’

त्यतिबेला जस्तै आज पनि प्रधानमन्त्रीले बोल्ने हुन् कि अनुमान गरिनु नौलो होइन । ‘प्रधानमन्त्रीले आज पनि हात उठाएर बोल्न समय माग्नुहुन्छ कि भन्ने लागेको थियो’ एक सांसदले भने,...
होल्डिङ सेन्टरका सुकुम्बासी मानवअधिकार आयोगमा (तस्बिरहरु)

होल्डिङ सेन्टरका सुकुम्बासी मानवअधिकार आयोगमा (तस्बिरहरु)

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको तर्फबाट दल मर्दन कामी, पर्मिला राई, झवरलाल उराँव, कल्पना थापा, निरकुमार मगर, रामकुमारी राई, कमला उराँव र गोपाल माझीलगायतको प्रतिनिधिमण्डलले राष्ट्रिय मानवअधिकार...
देशभर ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता

देशभर ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ८ः४५ बजेदेखि मंगलबार बिहान ८ः४५ बजेसम्मको अवधिमा भएका घटनामा बाढी, पहिरो, सर्पदंश, अविरल वर्षा तथा वन्यजन्तु आक्रमणका घटना...