नेभिगेशन
मुख्य कुरा

अपडेट: चन्द्रागिरि दुर्घटनामा मृतक संख्या पाँच पुग्याे

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–४  सेतोपहरामा आज दिउँसो भएको सवारी साधन दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको पनि उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

शनिबार दिउँसाे काठमाडौँबाट चित्लाङतर्फ गइरहेको निजी कार सडकबाट ६ सय मिटर तल खसेकाे थियाे । 

प्रदेश–३–०१–०२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौँ लाजिम्पाट बस्ने ओमकार तिवारी, महेशकुमार गौतम, कल्पना गौतम र श्रीयन्स गौतमको घटनास्थलमै मृत्यु भएको थियाे । 


हेटौंडा काठमाडौँ छोटो दुरीको कुलेखानी, फाखेल, सिस्नेरी र चखेलको सडक मर्मत संभारका कारण सवारीसाधन चल्न रोक लगाएपछि थानकोट चित्लाङ सडक खण्डमा सवारी चाप बढेको छ । 

फोटो स्रोतः रत्न बहादुर गोलेको फेसबुकबाट 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य कुरा
फोहोर पानी प्रशोधन केन्द्रमा अनियमितता गरेको आरोपमा अख्तियारद्वारा वीरगंज महानगरमा छापा

फोहोर पानी प्रशोधन केन्द्रमा अनियमितता गरेको आरोपमा अख्तियारद्वारा वीरगंज महानगरमा छापा

अख्तियारमा परेकाे उजुरी अनुसार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र वडा नं. १६ का अयुब मन्सुरी लगायतकाे मिलीभगतमा प्रशोधन केन्द्र जानाजानी बन्द गराई...