नेभिगेशन
समाज

मधेशमा बजेट विवाद सुल्झाउन बन्यो कार्यदल

जनकपुरधाम । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ ।

मधेश प्रदेशसभाको आजको बैठकमा सभामुख रामआशिष यादवले आजैदेखि कार्य प्रारम्भ गर्ने गरी प्रदेशसभा सदस्यहरु उपेन्द्र महतो, हरिनारायण महतो, जंगीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, बिमला अन्सारी तरुन्म र सरिताकुमारी ठाकुर रहने गरी कार्यदल गठन गरिएको घोषणा गरेका हुन् । कार्यदलले कार्यविधि आफै निर्माण गर्नेछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको बैठकमा प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सरकारको विनियोजन विधेयक २०८३ प्रस्तुत गरे । यस्तै बैठकमा प्रदेशसभा सदस्य रविन्द्र श्रेष्ठले पेश गरेको मधेश प्रदेशसभा नियमवलीको नियम १३५ को उपनियम (२) र (३) निलम्बन गर्ने प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख यादवले घोषणा गरे ।

Ncell
Extreme Energy

यही असार १ गते प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विद्येयकमाथिको छलफल गर्न असार १७ गते आह्वान गरेको प्रदेशसभाको बैठकमा प्रतिपक्ष दल जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बजेट संशोधनको मागसहित बैठक अवरुद्ध गर्दै आएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डङ्गोल विजयी

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डङ्गोल विजयी

परिषद्को आइतबार सम्पन्न निर्वाचनमा डङ्गोलले प्रश्रय राजभण्डारीलाई पराजित गरेको निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी दिए । डङ्गोलले ७२८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राजभण्डारीले ३६५ मत प्राप्त...
सरकारका आधा दर्जन मन्त्री खरिपाटीमा

सरकारका आधा दर्जन मन्त्री खरिपाटीमा

सरकारले सुकुम्बासीलाई व्यवस्थित गर्ने नाममा झनै दुःख दिएको भन्दै आलोचना भइरहेका बेला ६ मन्त्री खरिपाटी पुगेका हुन् ।
दीपाश्रीलाई ब्रेन ट्युमर, गरियो शल्यक्रिया

दीपाश्रीलाई ब्रेन ट्युमर, गरियो शल्यक्रिया

उनलाई केही दिनअघि ब्रेन ट्युमर भएको पत्ता लागेको थियो । अहिले उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ । डाक्टर वसन्त पन्तको टोलीले उनको शल्यक्रिया गरेको हो ।