नेभिगेशन
जनप्रतिनिधिका कुरा

विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमा छलफल गर्न शिक्षा समितिले बोलायो मन्त्री पुन

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई आमन्त्रण गरेको छ । 

सोमबार दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१ सम्बन्धमा छलफल गर्न मन्त्री पुनलाई बोलाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसैगरी विज्ञान मन्त्रालयका सचिव, कानुन मन्त्रालयका सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक र विषय विज्ञ डा. गोपाल कुमार चौधरीलाई पनि आमन्त्रण गरिएको छ । 

Ncell
Extreme Energy

समितिले विधेयकमा दफावार छलफल गरिरहेको छ । 

सरकारले जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणको लागि प्राप्त वस्तुलाई वैज्ञानिक विधि र पद्वतिको प्रयोगद्वारा प्रमाणको सङ्कलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पुयाउन र विधि विज्ञानको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा परीक्षण गर्ने प्रयोजनको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना तथा सञ्चालन गर्न आवश्यक भएको भन्दै विधेयक संसदमा दर्ता गरेको हो । 

प्रयोगशालाको स्थापना तथा काम, कर्तव्य र अधिकार, सञ्चालक समितिको गठन तथा काम, कर्तव्य र अधिकार, परीक्षण सम्बन्धी व्यवस्था, कार्यकारी निर्देशक र कर्मचारी सम्बन्धी व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा लेखापरीक्षण तथा डिएनए डाटा बैङ्कको स्थापनासहितका व्यवस्था प्रस्तुत विधेयकमा प्रस्ताव गरिएको छ ।

वैज्ञानिक विधि र पद्वतिको प्रयोगद्वारा प्रमाणको सङ्कलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पुऱ्याउन तथा विधि विज्ञानको सम्बन्धमा अध्ययन, अनुसन्धान र परीक्षणलाई प्रभावकारी तथा विशिष्टिकृत बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन गर्न आवश्यक भएकाले विधेयक पेस गरेको सरकारले प्रष्ट पारेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।
इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ ।
तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ ।
भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताएका छन् ।

भर्खरै