नेभिगेशन
सबै कुरा

पुन:काठमाडौँ आयो मेलम्चीको पानी, प्रधानमन्त्रीले सिंहदरबारमा गरे पाँचौ शुभारम्भ

आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण पुन: सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा रहेको धारा खोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्ची खानेपानी पुनः वितरणको शुभारम्भ गरेका हुन् । बुधबारदेखि सिन्धुपाल्चोकको अम्बाथानबाट सुरुङमा पानी छाडिएको छ। 

बाढी तथा पहिराका कारण मुख्य सुरुङ अवरुद्ध भएपछि सहायक सुरुङमार्गमाबाट अस्थायीरुपमा पानी ल्याइएकाे हाे । अहिले सहायक सुरुङमार्गमा पाइप बिछ्‌याएर मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइएको छ । काठमडौँमा मेलम्चीको पानीको निकै चर्चा चलेपनि स्थायीरुपमा  यसकाे माधान हुन सकेकाे छैन । हरेक सरकारले प्रतिष्ठाका रुपमा लिने मेलम्चीको पानी २०७७ सालदेखि अहिलेसम्म ५ पटक उद्घाटन नै भएको छ । 

City Express

आयोजना सुरु भएको २२ वर्षपछि  २०७७ फागुन २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा फ्लसिङ टनेलको हाइड्रोलिक मेकानिकल गेटको बटम थिचेर उद्घाटन गरेका थिए। त्यसपछि २०७७ चैत २० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पनि काठमाडौंको भृकुटीमण्डपमा बनाएको धारा खोलेर मेलम्चीको पानी वितरण सुरू गरेकी थिइन्। 

त्यसपछि २०७९ मंसिर २३ गते तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले महाँकाल वितरण केन्द्रबाट पुनः वितरण सुरू गरेका थिए। त्यसअघिका खानेपानी मन्त्री बिना मगर, मणि थापा लगायतले पनि अम्बाथान नै पुगेर पानी पथान्तरणको उद्घाटन गरेका थिए।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन-जी आन्दोलनलाई रास्वपाको पनि समर्थन, आन्दोलनमा घुसपैठ नगर्न सत्तालाई खबरदारी

जेन-जी आन्दोलनलाई रास्वपाको पनि समर्थन, आन्दोलनमा घुसपैठ नगर्न सत्तालाई खबरदारी

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् । साथै  रास्वपाले जेनजीको आन्दोलनमा सहभागी हुने रास्वपाका जेनजी पुस्ता र समर्थकलाई रास्वपाको लोगो...