नेभिगेशन
जनप्रतिनिधिका कुरा

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री गौतमले तीन प्रतिवेदन र दुई विधेयक प्रस्तुत गर्ने

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । 

विहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तीनवटा प्रतिवेदन पेस र दुईटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गौतमले न्याय परिषद, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन र लोकसेवा आयोगको ६६औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । 

Ncell
Extreme Energy

यसैगरी प्रधानमन्त्री शाहको तर्फबाट नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक र राष्ट्रिय सेवा दल विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि कानुन मन्त्री गौतमले प्रस्तुत गर्ने कार्यसूची छ । 

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक प्रस्तुत गर्ने कार्यसूची पनि छ । 

यसैगरी श्रममन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ र अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी १९४७ (नम्बर ८१) माथि छलफल गरियोस् र दुबै महासन्धीलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।
इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ ।
तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ ।
भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताएका छन् ।

भर्खरै