नेभिगेशन
पूर्वाधार

पैदलयात्रीको सहजताका लागि जावलाखेलमा ‘स्मार्ट सेफ्टी ब्यारेड’ सञ्चालनमा (तस्बिरहरु)

काठमाडौँ । ललितपुर महानगरपालिकाले पैदलयात्रीको सुरक्षा बढाउने उद्देश्यले जावलाखेलमा ‘स्मार्ट सेफ्टी ब्यारेड’ सञ्चालनमा ल्याएको छ ।

Lalitpur-road-cross-safety-barrier_Nepal-Photo-Library14-1784006859.jpg
महानगरका अनुसार नेपालमै पहिलोपटक प्रयोगात्मक रूपमा जडान गरिएको यो प्रणालीले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्दै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Lalitpur-road-cross-safety-barrier_Nepal-Photo-Library13-1784006859.jpg
ललितपुर महानगरपालिका नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुका अनुसार ट्राफिक बत्तीसँग समन्वय गरेर सञ्चालन हुने स्मार्ट सेफ्टी ब्यारेडले पैदलयात्रीलाई तोकिएको समयमा मात्रै जेब्रा क्रसिङ प्रयोग गर्न प्रोत्साहित गर्नेछ ।

Ncell
Extreme Energy

Lalitpur-road-cross-safety-barrier_Nepal-Photo-Library11-1784006858.jpg
हरियो बत्ती बल्दा ब्यारेड स्वतः खुल्ने र रातो बत्ती बल्दा स्वतः बन्द हुने व्यवस्था गरिएको छ, जसले रातो बत्तीमा सडक काट्ने प्रवृत्ति नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । ब्यारेडमा जडान गरिएको सेन्सर प्रणालीका कारण पैदलयात्री बीचमै रहेका बेला ब्यारेड बन्द हुँदैन ।

Lalitpur-road-cross-safety-barrier_Nepal-Photo-Library12-1784006858.jpg
यसले सडक पार गरिरहेका व्यक्तिलाई सुरक्षित रूपमा आवतजावत गर्न सहयोग गर्ने र सम्भावित दुर्घटनाको जोखिम कम गर्ने महानगरको भनाइ छ । महानगरले जेब्रा क्रसिङ बाहेक अन्य स्थानबाट सडक पार गर्ने प्रवृत्ति रोक्न सडकको दायाँ बायाँ गमला राख्ने तयारी पनि गरेको जनाएको छ ।

Lalitpur-road-cross-safety-barrier_Nepal-Photo-Library9-1784006857.jpg
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले विगतमा ट्राफिक नियमको बेवास्ता तथा जेब्रा क्रसिङको उचित प्रयोग नहुँदा पैदलयात्री दुर्घटनाका घटना बढेको उल्लेख गर्दै स्मार्ट सेफ्टी ब्यारेडले पैदलयात्री र सवारी चालक दुवैका लागि सुरक्षित तथा व्यवस्थित सडक वातावरण निर्माण गर्ने  यो प्रबिधि प्रयोग गरिएको र  हाल जावलाखेलका दुई स्थानमा परीक्षणका रूपमा स्मार्ट सेफ्टी ब्यारेड जडान गरिएको छ ।

Lalitpur-road-cross-safety-barrier_Nepal-Photo-Library10-1784006857.jpg
परीक्षण सफल भए ललितपुर महानगरभित्र ट्राफिक लाइट रहेका सबै चोकमा यसलाई क्रमशः विस्तार गर्ने योजना रहेको उहाले बताउनु भयो ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

Lalitpur-road-cross-safety-barrier_Nepal-Photo-Library2-1784006854.jpg

Lalitpur-road-cross-safety-barrier_Nepal-Photo-Library1-1784006854.jpg

Lalitpur-road-cross-safety-barrier_Nepal-Photo-Library5-1784006855.jpg

Lalitpur-road-cross-safety-barrier_Nepal-Photo-Library4-1784006855.jpg

Lalitpur-road-cross-safety-barrier_Nepal-Photo-Library7-1784006856.jpg

Lalitpur-road-cross-safety-barrier_Nepal-Photo-Library6-1784006856.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।

भर्खरै