नेभिगेशन
जनप्रतिनिधिका कुरा

अदालतमा विचाराधीन भन्दै राहदानी छपाई प्रकरणमा लेखा समितिको छलफल स्थगित

काठमाडौँ । सार्वजनिक लेखा समितिले विद्युतीय राहदानी छपाई प्रकरणमा आयोजित गरेको छलफल स्थगित गरेको छ ।

विद्युतीय राहदानी छपाई अनियमितता प्रकरणमा छलफल गर्न लेखा समितिको बैठक विहान ९ बजे बोलाइएको थियो । बैठकमा सांसदहरुले अदालतमा विचाराधीन विषय भन्दै प्रश्न उठाएपछि सभापति भरतबहादुर खड्काले अदालतले गरेको निर्णयपछि समितिले कसरी जाने भनेर निर्धारण गर्ने भन्दै छलफल स्थगित गरेका थिए ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा सांसद गोविन्द पन्थीले भने, 'एउटा संवैधानिक निकायले अनुसन्धान प्रक्रिया पूरा गरेर अदालतमा मुद्दा दायर गरिरहेको छ । त्यस विषयमा हामी छलफल गरिराख्नुपर्ने आवश्यकता छैन । यो समितिको अधिकार क्षेत्र पनि होइन । जब अदालतले टुंग्याउने छ । त्यसपछि कुरा राख्नेछौँ ।' 

Ncell
Extreme Energy

राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले प्रश्नहरु भए पनि मुद्दा दायर भइसकेको बेलामा विचाराधीन मुद्दामा छलफल गरिनु न्यायोचित नहुने बताइन् । सभापतिले यो प्रक्रिया रोक्नुपर्ने उनको भनाइ थियो । 

नेकपाका वर्षमान पुनले संविधान र कार्यक्षेत्र हेर्नुपर्ने र अदालतमा विचाराधीन विषयमा समितिले ख्याल गर्नुपर्ने बताए । 

रास्वपाका गणेश पराजुलीले राहदानी छपाई मुद्दा अदालतमा विचाराधीन रहेको त्यसको सम्मान गर्ने बताए । अदालतबाट निराकरण भइसकेपछि हेर्नुपर्ने उनको भनाइ थियो । 

रास्वपाकै क्रान्तिशिखा धितालले विशेष अदालतमा विचाराधीन रहेको विषयलाई बैठकको एजेण्डामा राखिएकोमा समिति सभापति र सचिवालयमाथि प्रश्न उठाइन् । यस्ता खालका संवदेनशील विषयमा छलफल गर्ने क्षेत्राधिकार नभएकाले स्थगित गर्नुपर्ने उनको धारणा थियो । 

नेकपाका महेन्द्रबहादुर शाहीले अदालतमा विचाराधीन भएको मुद्दामा कुनै निर्णय गर्नु उपयुक्त नहुने बताए । 

'यससम्बन्धमा जिम्मेवारीका साथ उठेको प्रश्नमा विचार गर्दा मुद्दा विचाराधीन छ । अदालतको सम्मान गर्छौं । अदालतले गरेको निर्णयपछि समितिले कसरी जाने भनेर निर्धारण गर्नेछ,' सभापति खड्काले भने । 

विद्युतीय राहदानी छपाई प्रकरणमा अनुसन्धान सकेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।
इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ ।
तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ ।
भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताएका छन् ।

भर्खरै